ठूलो परिमाणमा प्रतिबन्धित औषधि सहित एक जना पक्राउ

मोरङ,८ कार्तिक। मोरङको सुनवर्षी नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले टोलीले मोटरसाइकलमा सवार मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीको साथबाट प्रतिबन्धित औषधि बरामद गरेको छ ।

 

प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचको लागि प्रहरीले रोक्दा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए । चालकलाई नियन्त्रणमा लिई चेक जाँच गर्दा मोटरसाइकलको पछाडि रहेको जेब्रा झोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताँउनु भयो।

 

चालक राजवंशीले मोटरसाइकलमा बोकेको जेब्रा झोलाभित्र १५ हजार ट्याब्लेट स्पासपेन नामक प्रतिबन्धित औषधि भेटिएको थियो । राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि रंगेली प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । राजवंशीमाथि कारबाही अघि बढाउने विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको प्रहरीलाई जनाएका छन् ।

मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति उक्त मेडिकल हलका सञ्चालक कार्तिक दास रहेको प्रहरीले पत्ता लगाएको छ । दास औषधिसहितको जेब्रा बोकेर मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकल रोक्नसाथ उनी फरार भएको र चालक मात्रै पक्राउ परेको प्रहरीले बताएको छ ।

दासले मोरङको उर्लाबारीमा पुर्याउनका लागि भनेर आफ्नो मेडिकलबाट प्रतिबन्धित औषधि लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट हामफालेर उनी भागेपछि प्रहरी उनको मेडिकल हलमा समेत पुगेको थियो । तर, मेडिकल नै बन्द गरेर उनी फरार भएको प्रहरीले बताएको छ ।

यो घटनाले औषधि पसलबाटै प्रतिबन्धित औषधिको किनबेच हुने गरेको पत्ता लागेको प्रहरीले बताएको छ । प्रतिबन्धित औषधिको अनधिकृत बिक्री र वितरण हुने गरेको थाहा भएसँगै प्रहरीले औषधि पसलहरुमा निगरानी बढाएको जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित