बराहक्षेत्र देखि भोजपुरको हतुवागढीको कोप्चेसम्म मोटर बोट सञ्चालन सुरु

सुनसरी,८ कार्तिक । सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिरदेखि भोजपुरको हतुवागढी–९ को कोप्चेसम्म मोटर बोट सञ्चालन सुरु भएको छ । सप्तकोशीमा बोट सञ्चालन भएसँगै भोजपुरसहित पहाडी क्षेत्रबाट धार्मिक पर्यटन, स्थानीय आवागमन र कृषि उत्पादनको बिक्री वितरणमा सहज भएको स्थानयहरु बताँउ छन् ।

 

सप्तकोशी नदीको तीव्र प्रवाहका कारण जोखिमपूर्ण मानिँदै आएको बराहक्षेत्र–कोप्चे खण्डमा ‘मकालु मोटरबोट’ सञ्चालनमा आएको छ । सुनसरी र भोजपुर दुवै प्रशासनले अनुमति दिएको मोटरबोट सेवाले स्थानीयलाई नयाँ यात्रा विकल्प दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सप्तकोशी नदीको अनुगमनपछि कुनै कानुनी वा भौतिक अवरोध नदेखिएकाले अनुमति दिइएको बताउनु भयो । बराहक्षेत्रदेखि कोप्चेसम्म करिब ६ किलोमिटर दूरी पार गर्न ५ सय रुपैयाँ भाडा तोकिएको जानकारी पाइएको छ ।

मोटरबोट चलेपछि छोटो समयमा धरान–इटहरी पुग्न थालिएको भोजपुरबासीले जानकारी दिएका छन् । कृषकका फलफूल र तरकारी सजिलै बजार लगेर बिक्रि गर्न सहज भएको छ ।

मोटरबोटमा कोशीको सौन्दर्य अवलोकन गर्नेहरु पनि पुग्न थालेका छन् । सञ्चालक अनिस थापाले चतरामाथिको त्रिसुले घाघीको तीव्र प्रवाहका कारण नयाँ र सुरक्षित मार्ग छनोट गरी बोट संचालनमा ल्याईएको बताउनु भयो । प्रशासनले यात्रुका लागि लाइफ ज्याकेट अनिवार्य लगाएर मात्र बोट चलाउन निर्देशन दिएको जनाएको छ ।

सप्तकोशीमा मोटरबोट संचालन भएपछि भोजपुर, उदयपुर र धनकुटाको कोशी किनारका बासिन्दाले यातायातको विकल्पको रुपमा सेवा लिन थालेका छन् । यसअघि चतराको कोशी पुलबाट मोटरबोट सञ्चालन हुँदै आएकोमा नदिभित्रको सो खण्डमा अबरोध रहेकोले बहाहक्षेत्र मन्दिरबाट मात्र सञ्चालन भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन