झापा महिला गोल्डकपको मुख्य प्रायोजकमा एलभिडी

बिर्तामोड, ९ कार्तिक । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ ।
अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि पोखरामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिओओ) सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका लागि मुख्य प्रायोजकको भूमिकामा रहेको श्रेष्ठले बताउनु भयो । नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता भएकाले आवद्ध भएको उहाँको भनाइ छ ।
एलभिडीले पुरुषका लागि भित्री वस्त्रबाहेक सर्ट, पेन्ट, कोटलगायत विभिन्न कपडा उत्पादन र बिक्री गर्दै आएको छ । नेपालका सबै प्रमुख सहरमा एलभिडीका बिक्री केन्द्र रहेको श्रेष्ठले जानकारी दिनु भयो ।
यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट धमाधम बनाइँदैछ ।

त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनु भयो । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ ।

गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।

 

प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिनु भयो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिनु भयो ।

नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । त्यस्तै, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन