मोरङमा खैरो फड्के किराले धानबाली सखाप

उर्लाबारी, १० कार्तिक  |  वाला निस्कने वेलामैं धानवालिमा रोग लागेर खेतै सखापहुनलागे पछि किसानहरु बर्षदिन सम्म केले धान्नेहो भन्दै चिन्तामा परेकाछन् । वालानिस्कने वेलामैं धानका फेद सुक्ने, डडे जस्तो हुने, क्रमस टुप्पै सम्म सुक्ने समस्याले किसानहरु चिन्तीत भएकाहुन् ।

 

 

किसान खड्ग कार्की खैरो फड्के किराले धानबाली सखाप विषयमा जानकारी गरानुहुदै । यस्तै उर्लाबारी–५कादुर्गाप्रसाद कट्टेलका धानबालीमा अनौठो रोगले पाक्न लागेको धान सखाप बनाउन लागे पछि विभिन्न विषादी प्रयोग गर्नु भयो । जेजे गरेपनि समस्यामा सुधार नआएपछि कृिष प्रविधिकलाई गुहार्नु परेको उहाँले बताउनु भएको छ ।

 

 

१७ कट्टामध्ये २ कट्टा खेतमा धानवालि लगाउनु भएका उर्लाबारी ३ का गञ्ज बहादुर कार्कीको खेतमा पनि खैरो फड्के लाग्यो र बाली सप्रन सकेन । निकै आत्तीदै आफ्‌नो बारमा क्षति पुर्‍याई सकेकोले कृिष प्रविधिकलाई खेतमैं पुर्‍याएर देखाउ“दा मात्रै उहाँले खैरे फड्के किरा भन्ने पहिचान पत्ता पाउनु भयो । त्यसपश्चात तोकिएको विषादिले केहि नियन्त्रणमा आएको उहाँले बताउनु भयो ।

 

 

 

ढिलो पाक्ने धानवालीमा देखा पर्ने एक प्रकारको खैरो फड्के नामकोे किरा बाट लाग्ने रोग भएकाले सावधानी अपनाउन जरुरत रहेको कृिष प्रविधिकको सुझाव छ । समयमै रोग लागेको क्षेत्रको पहिचानगरि वरीपरिबाट छेकेर जैविक बिषादीप्रयोग गर्न सके किरा मर्ने र धानबालीमा समेत त्यत्रो क्षती नपुग्ने उर्लाबारी नगरपालिकाका कृषिशाखा प्रमुख अम्विका प्रसाद लुईटेलको सुझाव छ ।

 

 

यस किराले धान निस्कीय पछि फूल खेल्ने वेलैमा आक्रमण गर्ने, फेद बाट टुप्पै सम्म सुकाएर खेतै सखाप पार्ने, केहि लागेका पनि भुस मात्र हुने,त्यो रोग लागेका पराल समेत गाई बस्तुले नखाने, तथा ९० प्रतिशत सखाप पार्ने भएकाले उब्जनीमा समेत ठूलो असर पर्ने कृषि प्राविधिकले जानकारी दिनु भएको छ । यो रोग ढिलो पाक्ने जात रञ्जित, सरना, स्वर्णसप जस्ता धानबालीमा अधिक असर पार्ने भएकाले छिटो पाक्ने जातहरु प्र्रयोग गर्न सुझाव छ ।

 

 

आसपासका पालिकाहुदै तराईका अधिकांश क्षेत्रमायसको अधिक प्रभाव देखिएकाले कृषि प्राविधिकको सल्लाह बमोजिम उपचार गर्न र आगामी बर्ष हरुकालागि समेत साबधानी अपनाउनु सुझाव दिएको छ । यस्तै समय समयमापानी कटाएर खेत सुक्खाबनाउन सके केहि सुधार आउनेपनि प्राविधिक लुईटेल बताउनु हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट