एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका लागि भयको बाटो बनिरहेको छ । किन बन्यो यस्तो? को जिम्मेवार? जवाफ खोज्दैछौँ आजको विशेष रिपोर्टमा।

 

पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म फैलिएको १२० किलोमिटर लामो एसियन हाइवे, यसमा अहिले ९५ किलोमिटरभन्दा बढी खण्डमा काम भइरहेको छ । तर झापाबाट गुड्ने हरेक सवारी चालक र यात्रुले भने सास्ती भोगीरहनु परेको छ । ठेकेदार कम्पनीको ढिलासुस्ती, गुणस्तरहीन काम र सरकारी निकायको मौनताले यो सडक विकास होइन, दुर्घटनाको केन्द्र बन्दै गएको छ।

 

सडकको अवस्थाले हरेक दिन हजारौं यात्रु र सवारी साधनलाई कष्टकर यात्रा गर्न बाध्य बनाएको छ। कतिपय ठाउँमा धुलोको कारण सडक नै देखिँदैन, पानी परेपछि खाल्डाखुल्डीमा पानी जमेर सवारी रोक्नुपर्ने अवस्था आउँछ। धुलोले सास फेर्न गाह्रो हुन्छ, बच्चालाई लिएर हिडयो भने बिरामी नभएको दिन हुदैन । आक्रोस पोख्दै खड्काले भन्नुभयो हामीले बारम्बार सम्बन्धित कार्यालयलाई भन्यौं, तर सुनुवाइ छैन।’

 

ठेकेदार कम्पनीको गैरजवाफदेहिताले स्थानीय मात्र होइन, यातायात व्यवसायीहरू पनि प्रभावित भएका छन्। सवारी साधन बिग्रने, पार्टपुर्जा फेर्नुपर्ने र यात्रु असन्तुष्ट हुने क्रम बढ्दै गएको छ। यो सबै यही निर्माणाधीन एसियन हाईवकै कारण रहेकोा र जतिसकदो चाँडो काम सक्न माग गर्नुहुन्छ पूर्वी मेची बस यातायात प्रालिका दुर्घटना इन्चार्ज बिनम सरदार ।

सडकमा संकेत देखिने साइनबोर्ड कमै छन् । सुरक्षा चिन्हहरूको अभाव छ । बनेका डाइभर्सनहरू मापदण्डअनुसार छैनन् । राति यात्रा गर्नेहरूका लागि त यो खण्ड मृत्युको खेल बनेको छ। पछिल्ला तीन महिनामै यहाँ दुई दर्जनभन्दा बढी दुर्घटना भइसकेका छन्। एसियाली विकास बैंकको ३० करोड डलर र नेपाल सरकारको ६२.४७ मिलियन डलर बराबरको लागतमा निर्माण भइरहेका यो सडक परियोजना नेपालकै गौरवको आयोजना हो। तर यस्तै परियोजनामा देखिएको लापरबाहीले विकासको नाममा जनजीवनलाई नै जोखिममा धकेलेको छ। तर ठेकेदार पक्ष ढुलमुले जवाफ दिन्छ र भन्छ बर्खाका कारण ढिला भएको हो अव हामी गल्ती नहुने गरी काम गर्छौैै । निर्माण कम्पनी मध्ये एक कालीका कन्ट्रक्सनका इन्जिनीयर रुपेश ढुङ्गानाले आफ्नो जवाफ दिनुभयो ।

एसियन हाइवे । केवल सडक मात्रै होइन, यो देशको छवि हो। तर यस्तै लापरबाहीले नागरिकको विश्वास कमजोर बनाउँछ, र विकास शब्द नै खोक्रो बन्छ। जनताको सास धुलोमा अड्किँदा, सवारी दुर्घटनामा जीवन हराउँदा पनि सम्बन्धित निकाय कति बेर मौन रहन्छ? यतीबेला आम नागरीकले प्रश्न गरिरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक