नेपालमा पायल्स फ्रि अभियान, केराबारीमा गरियो बृहत शिविर, रोग पहिचान सहित निशुल्क औषधी समेत दिइयो

केराबारी, १३ कार्तिक । पायल्स फ्रि नेपालको उद्धेश्य लिएर देशभरका विभिन्न ठाउँहरुमा विभिन्न संघसंस्थाहरुसँग समन्वयन गरी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि रहेको छ मोरङको उर्लाबारीमा मुख्य कार्यालय रहेको एञ्जल फाउण्डेशनले । यही क्रममा बुधबार मोरङको केराबारीमा पनि एकदिने स्वास्थ्य शिभिर सम्पन्न गर्यो । ।केराबारीमा गरिएको यो शिविरमा चेकजाँच मात्र होईन, सोही स्थानमै उपचार र औषधी पनि उपलब्ध गराईएको थियो ।

 

केराबारीमा रहेको नारी विकाश संघ, उर्लाबारीमा रहेको फरिस्ता क्लीनिक र उर्लावारीमै मुख्य कार्यालय रहेको एन्जल फाउन्डेशनको संयुक्त आयोजनामा एकदिने शिविर सम्पन्न भयो । शिविरमा अनुभवी चिकित्सकहरुको टोलीले सहभागीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, परामर्श र आवश्यक प्रयोगशाला जाँचहरुको समेत सेवा प्रदान गरिएको थियो । यस्ता रोगहरुको उपचार गर्न केराबारीका स्थानीयहरुलाई धेरै टाढा टाढा धाउनुपर्ने र निकै महङ्गो शुल्क तिरेर उपचार गर्नुपर्ने वाध्यता थियो । कतिपयले त आफ्नो रोगको बारेमा थाहा हुदाँ हुदैँ पनि रोग लुकाएर बसेका थिए । तर, शिविरमा उपस्थित अनुभवी चिकित्सकहरुको परामर्शका कारण उनीहरुले आफ्नो गोप्य रोगको उपचार गराउनुपर्छ भन्ने कुरा पनि बुझेका छन् । सोही शिविरमा उपचार गराउन उपस्थित हुनुभएका केरावारी गाउँपालिका वडा नं ७ का स्थानीय विजेन्द्र लिम्बु ।

 

केराबारी कै स्थानीय व्रतमाया राई टाढा टाढा धाएर उपचार गर्न जाँदा धेरै खर्च लाग्ने र अपरेशन गर्नुपर्छ भन्ने डरले नै अहिले सम्म अस्पताल नगएको बताउनु भयो । तर, शिविरमा एकैदिनमा उपचार प्रक्रिया सुरु गरी विना अप्रेशन औषधीले नै आफ्नो रोग निको पारिदिने कुराले उहाँले उहाँलाई सहता प्रदान गर्यो । यो उपचार बिधिबाट दुखाई पनि खासै नभएको उहाँको प्रतिक्रिया छ ।

 

विना अप्रेशन , विना दुखाई र छिटो निको हुने गरिको उपचार प्रदान गर्ने यो उपचार पद्धती आफूलाई एकदमै मनपरेको र त्यही कारण आफूले पनि उपचार गराएको बताउनुहुन्छ अर्का सेवाग्राही हरी दाहाल ।

गाउँघरमा लुकी छिपी बसेका गोप्य रागहरुको उपचारमा सहज वातावरण सिर्जना होस् भन्ने उद्धेश्यले एन्जल फाउन्डेशनको समन्वयमा यो शिविरको आयोजना गरेको बताउनुहुन्छ आयोजक संस्था नारी विकास सहकारी वचतकी अध्यक्ष सावित्रा चापागाईँ ।

एन्जल फाउन्डेशनले सुरुमा सचेतना कार्यक्रम र गोप्यरोगहरुको बारेमा अन्तरक्रिया कार्यक्रम संञ्चालन गरेको थियो । सो कार्यक्रममा करिब ३०० जनाको उपस्थिती रहेको थियो ।कार्यक्रममा परामर्श र अन्तरक्तिया मात्र नभई प्राथमिक उपचारका विधिहरु पनि सिकाईएको थियो । अन्तरक्रिया कार्यक्रमका बेला उपस्थित विरामीहरुले थप परामर्श र उपचारमा चासो देखाएको र शिविर सञ्चालनको लागी अनुरोध गरेकै कारण केराबारीमा यसखालको शिविरको आयोजना गराईएको बताउनुहुन्छ एन्जल फाउन्डेशनका व्यवस्थापक सन्तोष कार्की ।

एन्जल फाउन्डेनले आफ्नो उद्धेश्यलाई सफल पार्न आफ्नो कार्यक्षेत्र विस्तार गर्दै ३ वटा प्रदेश कोशी, बागमती र मदेश प्रदेशमा ४गरि ओटा कार्यलय स्थापना गरिसकेको छ । यही आर्थिक वर्षभित्रमा देशका ७ वटै प्रदेशमा आफ्नो कार्यक्षेत्र विस्तार गरी करिब २०० जनालाई रोजगार दिने लक्ष्यमा समेत रहेको बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा

बाढीले वेत्रावती र सोले बजारमा ठूलो क्षति, स्कुल बस सम्पर्क विहीन

काठमान्डौ,१० भदौ ।भोटेकोसीमा आएको भीषण बाढीले नुवाकोटको विदुर नगरपालिका क्षेत्रका वेत्रावती र सोले बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। उत्तरगया पब्लिक स्कुलका शिक्षक सोमलाल

अप्रत्याशित बाढीमा सरकारको सकृयता कस्तो?

काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार

भोटेकोसीको बाढिले कति जलविद्युत आयोजना बगे? यस्तो छ विवरण

काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण

भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा क्षति,विवरण सङ्कलन गर्न समस्या

काठमान्डौ,१० भदौ । भोटेकोसी नदीमा आएको बाढीले रसुवाका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुगेको छ। टेलिफोन सम्पर्क अवरुद्ध हुँदा क्षतिको यकिन विवरण

चिनसँग समन्वय खोज्दै सुरक्षा निकाय, बाढीको कारण अझै पत्तो लागेन

काठमाडौ , १० भदौ । रसुवामा बुधबार बिहान एक्कासि आएको भीषण बाढीको कारण अझै खुल्न सकेको छैन। मंगलबार राति वा बुधबार बिहान रसुवा लगायतका क्षेत्रमा