बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राजकुमार साहको डेरामा राति करिब साढे १२ बजे छापा मारेको हो। प्रहरीले घटनास्थलबाट नगद ७५ हजार ६ सय रुपैयाँसहित सात बुंग नखोलेको र एक बुंग खोलिएको तास बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड–२ का ३८ वर्षीय रतन राजवंशी, २६ वर्षीय किशोर पराजुली, ४३ वर्षीय उत्तम शिवाकोटी, ४३ वर्षीय राजन थापा, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत, ४० वर्षीय दिवाकर प्रासाई, बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी–४ का २९ वर्षीय राजु कुमार साह र मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुली रहेका छन्।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच