वेपत्ता भनीएका शर्माको विरिङ नदिमा गाडीएको अवस्थामा शव भेटियो

प्रारम्भिक रूपमा यो हत्या गरी सब गाडिएको जस्तो देखिन्छ, तर घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

दमक, १५ कार्तिक | केहि दिन देखी वेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१०का ३२ वर्षीय सरोज शर्मा मृत अवस्थामा भेटिएका छन् ।

उनको शव झापाको झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिक बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको हो ।

 

वडा नम्बर १० का वार्ड सदस्य दीपक पोखरेलका अनुसार शनिबार बिहान घटनास्थलमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचना आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो। शव सड्न थालेको अवस्थामा भेटिएको र साथमा रहेको नागरिकताका कारण परिवारले सनाखत गरेको पोखरलले जानकारी दिनुभएको छ ।

प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी घटना लुकाउनका लागि शव पुलमुनि गाडिएको हुनसक्ने बताइएको छ।
यसअघि सरोजले प्रयोग गर्दै आएको बा १३ च ३८६४ नम्बरको कार झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो। आगलागीपछि कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको थियो।

शिवसताक्षीका सरोज शर्मा गत आइतबारदेखि सवारीसहित बेपत्ता भएका थिए। उनका बुबा सकलदेव शर्माका अनुसार छोरा र गाडी दुबै सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्य अघि बढाएको थियो। पाँच दिनपछि कार आगजनी अवस्थामा भेटियो भने आठ दिनपछि शव पुलमुनि गाडिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीका एक अधिकारीले भने,–‘आगजनी गरिएको गाडी र फेला परेको शवबीचको सम्बन्ध स्पष्ट भइसकेको छ।

प्रारम्भिक रूपमा यो हत्या गरी सब गाडिएको जस्तो देखिन्छ, तर घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा