प्रेस सेन्टर नेपालद्धारा अनलाइन सञ्चारमाध्यम दर्ता शुल्कको विरोध

काठमाण्डौँ,१५ कार्तिक । अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज शनिबार एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको छ ।

 

’नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण सम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निःशुल्क रूपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको पाँच हजार र नवीकरणका लागि राखिएको दुई हजार पाँच सय रुपैयाँ शुल्कको प्रेस सेन्टर नेपाल विरोध गरेको जनाएको छ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण यसअघि झैँ निःशुल्क हुनुपर्दछ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

572254293_10234000301222404_2125315859946930948_n

 

प्रदेश कानुन बमोजिम प्रदेशमै हुने दर्ता तथा नवीकरणलाई निरन्तरता दिँदै, सङ्घीयताको मर्मअनुसार स्थानीय तहमै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गर्ने व्यवस्था हुनुपर्नेमा पनि प्रेस सेन्टरले जोड दिएको जनाएको छ।

 

अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि स्थापना गरिएका कम्पनी, संस्था, फर्मले सरकारकै विभिन्न निकायमा राजश्व तिर्दै नवीकरण गर्नुपर्ने, अनलाइन दर्ता तथा नवीकरणका लागि सूचना विभाग पुग्नुपर्ने, अनुगमनका लागि समेत सूचीकृत हुनुपर्ने लामो, झन्झटिलो तथा खर्चिलो प्रक्रियालाई सरल र सहज बनाइनुपर्ने प्रेस सेन्टरको माग रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय