निर्वाचन आयोगले पार्टी दर्ता गरेपछि परम्परागत राजनीतिक दल जस्तो आफ्नो पार्टी नहुने मेयर साम्पाङको दाबी

काठमाडौँ,१६ कार्तिक । निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको दर्ता प्रमाणपत्र लिनु भएको छ। आयोगमा २ सय ४ नम्वरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्वर ४ मा रहने प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

 

आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताउनु भयो । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उहाँले बताँउनु भयो।

उहाँले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ताका रुपमा प्रस्तुत हुने उल्लेख गर्नु भयो । हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ । पार्टीलाई आयोगले मान्यता दिएपछि साम्पाङले भन्नु भयो– गफले मात्रै रोजगारी सिर्जना हुँदैन ।

उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाई छ । उहाँले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनु भयो । उहाँले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नु भयो ।

देश विदेशी ऋणले मात्रै नचल्ने बताउँदै उहाँले देश अब नेपाली आफैँले बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो,‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रुपान्तरणका लागि, आर्थिक रूपान्तरणको लागी हामी अब फिल्डमा निस्केर काम गर्छौँ । अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ । हामी चाहिँ पक्का फिल्डका काम गर्ने एउटा सङ्गठन निर्माण गर्दै छौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन । विदेशी ऋणले नि चल्दैन यो देश । त्यसले गर्दाखेरि यो देश अब हामी आफैँले बनाउनुपर्छ भन्ने हाम्रो मौलिक शैली छ । ती शैलीलाई हामीले बिर्सियौँ । त्यो मौलिक शैलीहरूलाई पनि हामीले फेरि उजागर गर्छौ ।’

उहाँले आफूहरूले दलको झण्डा नराख्ने बताउनु भयो । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको विचार छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले बताँउनु भयो ।

उहाँले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गर्नुभयो । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले बताउनु भयो । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको छ । साम्पाङले आज आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र समेत लिनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक

सबै पालिकामा विपद् व्यवस्थापन टोली बनाउने कांग्रेसको लक्ष्य

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा केवल भावना र इच्छाशक्ति पर्याप्त नहुने भन्दै त्यसका लागि आवश्यक सीप र ज्ञान पनि अनिवार्य

सरकारसँग ८ बुँदे सहमतिपछि गणेश यादवको आज अन्त्येष्टि गरिने

सिरहा,१६ साउन । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर

जनकपुरधाममा सद्भाव र्यालीमै हिन्दू सम्राट सेनाको नाराबाजी

जनकपुर,१६ साउन । जनकपुरधाममा शनिबार विहान निकालिएको सद्भाव र्यालीको बीचमा हिन्दू सम्राट सेनाले विरोध प्रदर्शन गरेको छ । हिजो (शुक्रबार) बसेको सर्वपक्षीय बेठकमा भएको निर्णय