सडक सौन्दर्यता र उत्कृष्टतामा नाम कमाएको दमकमा अहिले भीत्रि सडकको अवस्था कस्तो छ ?

दमक,२०,कार्तिक । कुनैबेला देशकै उत्कृष्ट सडक निर्माण भएको भन्ने गरिमा बोकेको दमक पछिल्लो समय भने खाल्डाखुल्डी कारण जोखीमयूक्त शहरको रुपमा परिणत हुन थालेको छ । दमकको बजार क्षेत्रकै सडकहरु अहिले ठाउँ ठाउँमा भ्वाङ परेर दुर्घटनाको कारक बन्न पुगेका छन् ।

 

दमक बसपार्कमा झरेर कोहि आगन्तुक दमक बजार प्रवेश गर्यो भने उसलाई हनुमान मन्दिर पुग्ने बित्तिकै एउटा भ्वाङ सहितको सडकले स्वागत गर्छ । किनकी यहाँ मन्दिरकै अगाडाी पासो झै बनेर सडकको बिचमा खाल्डो परेको छ । यसले यहाँ दिनरात दुर्घटनाको संम्भावना बढाइ रहेको छ । यहाँ खाल्डो मात्रै परेको छैन यो सडक जमिनमुनी भासीन समेत थाले पछि अहिले थप जोखीम बढेको यहाँका स्थनीयबासीहरुको प्रतिकृया छ । यसको जोखिम र असरका बारेमा दमक नगरपालिकामा गएर भन्यो भने यो सडक संघीय योजना अनुसार बनेको हो हामीले मर्मत गर्न मिल्दैन भन्दै पन्छिने गरेको स्थनीय नारायण सिवाकोटी बताउनु हुन्छ ।

नागरीकले यही सडकका कारण सास्ती भोगी रहनु परेको छ । दमक जस्तो व्यस्त बजार प्रवेश गर्ने मुख्य सडकको अवस्था नै जोखीमयूक्त भए पछि यसले दमकको दर्पणमै हिलो छ्याप्ने काम गरेको भन्दै स्थनीयबासी आक्रोसीत छन् । स्थनीय टंक कुमार पोखरेल यदी यो मर्मतको काम नगरपालिकाबाट हुन नसक्ने हो भने लिखित रुपमा दिन पर्यो । हामी अर्को निकाय खोज्छौ वा आफै मर्मतमा लाग्छौ । तर स्पष्ट जवाफ चाहियो । पोखरेलले आक्रोस व्यक्त गर्नुभयो ।

यात्रामा समेत यो सडकले अवरोध गरेको छैन । सडक भत्केका कारण धुलो दङदङी उड्छ । घर तथा पसल भीत्र बसीनसक्नु हुन्छ । बाहिर निस्कने त सम्भाना नै हुँदैन । यसले आवामगनमा मात्रै नभएर मानव स्वास्थ्यमा समेत समस्या पारेको भन्दै जसरी भएपनि चाँडो भन्दा चाडो ममर्त गरिदिन माग गर्नुहुन्छ यही ठाउँकी फूलमाया दाहाल ।

सडक जोखीयूक्त छ । सडकमा यात्रा गर्दा ध्यान दिनुस भन्दै कुनै संकेत बोर्डपनि राखीएको छैन । ममर्त कहिले हुन्छ त्यो दमक नगरपालिकाको जिम्मेवार व्यक्तिलाई पनि थाह छैन । दमक नगरपालिकाका इञ्जिनीयर अनन्त सेनेहाङको भनाई छ चाँडै नगर प्रमुख र उप प्रमुखसँगको संवादबाट यो समस्याको समाधान गर्ने छौ । मर्मत काममा लाग्ने छौ ।

दमकको व्यस्त बजार । अझ बजार प्रवेश गर्ने मुख्य सडक । तर यो सडक बिग्रेको र भत्केको पनि महिनौ भयो । यती सामान्य ममर्त गर्न समेत मिटिङ र बैठक अनी निर्णय पर्खनुपर्ने जवाफले नागरिकमा हैरानी बढाएको छ । यस्ता अती जरुरीका काम देख्ने र सुन्ने वित्तिकै गरिहाल्ने संयन्त्र बनाउन नागरिकले सुझाव दिएका छन् । उज्यालो खवरकालागी क्यामारामा समिर कार्कीका साथमा रीना बुढाथोकीको रिपोर्ट ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य