विदेशमा पाएको दुःखले स्वदेशमा सुख खोज्दै गौरादहका जनक, गाउँमै कृषि गरेर लाखौ कमाउँदै

दमक, २३ कार्तिक । बिहान झिसमिसे मै उठेर काममा लाग्नु हुन्छ झापा गौरादहका जनक गड्तौला । आफ्नै घर छेउमा खन्नु भएको खाडीमा उहाँले माछा पाल्नु भएको छ । अनी अली पर्तीर गाईको गोठ र बाख्रको खोर पनि छ । यी तीनै ठाउँमा नगइकन उहाँको दैनिक सुरुनै हुदैन ।

 

माछाका भुरालाई चारो हाल्ने, गाईको गोठ सफा गर्ने र बाख्राका बड्क्यूला बडार्ने । उहाँको हरेक दिन यो पहिलो काम हो । त्यसप िदुहुनु गाईको दुध दुहुने । घास हाल्ने र अघी दुहेको दुधलाई बजार सम्म पुर्याउने । बजारबाट फर्कदा माछाका भुरा, गाई र बाख्रालाई केहि आवश्यकीय कुरा छ भने त्यो पनि ल्याउने । यती गरेपछि बिहानको एउटा मेलोको काम सक्नु हुन्छ । तर उहाँ यती मात्रै नभएर घर नजिकै रहेको जमिनमा अन्य उब्जनी पनि लगाउनु हुन्छ । घर, बारी, खेत, कोठ, खाडी र खोर । बिहान झिसमिमे देखी रातको साँझै सम्म उहाँको दैनिकी यही बित्छ ।

धेरै युवाहरु विदेशिने सपना देखिरहेका छन् , तर केही यस्ता पनि छन् जसले स्वदेशमै बसेर सम्भावना खोजिरहेका छन् र देशको माटोलाई नै आफ्नो जीवन बनाएका छन् ।

गर्तौलाका बुबा पनि कुनै समयको गौरादहको अग्रज किसानको रुपमा चिनिनु हुनुहुन्थ्यो । त्यसैलाई पनि उहाँलाई पनि कृषी पेसा नै रोज्न मनलाग्यो । त। बुबाहरुले जीविको पार्जन गर्न कृषि गरेको देख्नु भयो । त्यसबाट आर्थीक उपार्जन मनग्गे भएन । केवल जीवन चाहि चल्यो । यसरी कृषिबाट जीवन मात्रै चल्ने रहेछ भन्ठानेर उहाँ कमाउन र जमाउन सकिन्छ र भविष्य सुन्दर बनाउन सकिन्छ भनेर विदेश पनि जानु भयो । केहि वर्ष बस्नु भयो । तर विदेश सोचे जस्तो भएन । न काम राम्रो न दाम चीत्त बुभ्दो । तर छोटो अवधीको विदेश बसाईले उहाँलाई एउटा हौसाला चाहि पक्का दियो । त्यो थियो अव आफ्नै ठाउँमा केहि गर्छु र बन्छु भन्ने संकल्प । त्यहि संकल्पका सथ विदेशबाट फर्कनु भएका गड्तौला अहिले कृषि पेषालाई जीविको पार्जन मात्रै हैन उद्यम र उद्योगको रुपमा स्थापना गरेर उदाहरण प्रस्तुत गरिरहनु भएको छ ।

किसान भन्ने बित्तिकै सबैको जनरमा फोहोरी कपडा लगाएको । च्यातीएको टोपी लगाएको र काँधमा कोदोली भीरको मात्रै झझल्को आउछ । तर यो किसानको कर्मलेनै संसार चलेको छ । किसानको कर्म सबैभन्दा पवित्र हो । जीवन र जगत हो भन्ने कुरा न समाजले बुझ्यो । न किसानले बुझाउन सके । न राज्यलेनै बुझाउन सक्यो । त्यसकारण उपेक्षामा परेको यो पेषालाई उहाँ एउटा सम्मानयोग्य र सबैका लागी उदाहरणीय किसान बनाउने देखाउन चाहने संकल्प गर्नु हुन्छ ।

किसान । एउटा सानको नाम बन्न सक्छ । त्यो सान जसले मानव जीवन बचाउँछ । त्यो सान जसले सबैको अस्त्वि जोगाँउछ । यो काम गरेर सान बढाउन चुनौती अनेकन छन् । तर मिहनत र इमान्दारीता अनी लगनशील भएर गर्ने हो भने यहाँ सम्भाना पनि छन् । अनी राज्यले पनि कृषिका फाईल झोलामा बोकेका किसानलाई हैन , खेत बारीमा उत्पादन गरेकाहरुलाई नगदमा हैन उत्पादनमा अनुदान दिने हो भने सबैले न्याय पाउने छन् भन्ने गड्तौलालाई लागेको छ ।

अझैपनि नेपाल कृषि प्रधान देश हो भनेर चिनीन चाहने हो भने विदेश जाने यूवाहरुलाई हातमा हरियो पासपोर्ट हैन नयाँ औजार र मेसीनरी अनी उत्पादन पछि मुल्य र बजारको सुनिश्चित राज्यले गरिदिने हो भने यो देशमा सुन फल्न सक्ने अनुभव गड्तौलासग छ । राज्यले सकरात्मक भएर सोच्ने हो भने कृषिमा अत्याधीक सम्भावना उहाँ दख्नु हुन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ

बाजुरामा चट्याङले ठुलो क्षति, ३९ बाख्राको मृत्यु

बाजुरा,१७ वैशाख । बाजुरामा चट्याङ लागेर ३९ बाख्रा मरेका छन् । बुधबार दिउँसो बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित राउते ओडार भन्ने स्थानमा चट्याङ पर्दा ठुलो