जेन्जी एकताको सन्देशसहित दमकमा शान्तिपूर्ण पैदलयात्रा, बक्ताहरु के भन्छन् ?

दमक, २६ कार्तिक ।देशको राष्ट्रिय झण्डा र एकता सन्देशसहितका प्लेकार्ड बोकेर राष्ट्रिय गीतमा ताल मिलाउँदै अघि बढेका युवाको समूह आज दमकमा एक विशेष उद्देश्यका साथ एकत्रित भयो । ‘जेन्जी युनाइटेड अभियान’अन्तर्गत आयोजित यो शान्तिपूर्ण पैदलयात्रा विगत भदौ महिनामा भएको आन्दोलनपछि तितरबितर बनेका जेन्जी युवाहरूमाझ एकताको सन्देश फैलाउने उद्धेश्यले गरिएको हो ।

भदौ २३ र २४ गते देशभर जेन्जी समूहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न माग गर्दै व्यापक आन्दोलन सञ्चालन गरेको थियो । तर आन्दोलनपछि जेन्जीहरू विभिन्न गुट–उपगुटमा विभाजित हुँदा संगठन कमजोर बन्दै गएको संयोजकहरूले बताएका छन् । यही विभाजनको फाइदा पुराना राजनीतिक दल र तिनका कार्यकर्ताले उठाएको र आन्दोलनको औचित्य कमजोर पार्ने प्रयास भइरहेको आरोप आयोजकहरूको छ ।
त्यसैको प्रतिक्रियास्वरूप देशभर एकताको लहर फैलाउन थालिएको अभियान आज दमकमा पुगेको हो । गोर्खा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको पैदलयात्रा थानारोड, नमुना मार्ग, शंकरधर चौक र फर्निचर लाइन हुँदै पुनः गोर्खा डिपार्टमेन्ट स्टोरमा आइपुगेको थियो । यात्राको अन्त्यमा कोणसभा समेत गरिएको थियो ।कार्यक्रमकी संयोजक अन्जना राईले पछिल्ला दिनमा जेन्जीहरू विचलित र विखण्डित हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै एकताको सन्देश फैलाउने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो ।

 

त्यस्तै कोणसभामा बोल्दै जेन्जी युवा प्रज्वल गिरीले जेन्जी समूहहरूको एकता अबको अपरिहार्यता भएको बताउनुभयो । उहाँले परिवर्तन चाहने सबै जेन्जी, जेन वाई र जेन एक्स पुस्तालाई पनि साझा उद्देश्यका लागि एउटै मञ्चमा आउन आह्वान गर्नुभयो ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलने लक्ष्यसहितको यो अभियान ताप्लेजुको फुङलिङ बजारबाट सुरु भएको हो । झापाको बिर्तामोडमा सम्पन्न कार्यक्रमपछि अभियान आज दमकमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन् । जेन्जी युनाइटेडका अनुसार, यो अभियान क्रमशः जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म विस्तार हुँदै जानेछ । कार्यक्रमको अन्त्यमा युनाईटेडले सडक नाटक समेत प्रर्दशन गरेको थियो । जसमा देशका बिभिन्न कालखण्डमा भएका आन्दोलनमा परिवर्तनका पक्षमा उत्रिएका नागरिकहरुमाथी हुने गरेका दमनहरुलाई देखाईएको थियो । उक्त नाटकमा ईतिहासमा भएका आन्दोलन देखि हालै भएको जेन्जी आन्दोलनलाई समेटिएको कार्यक्रमकी संयोजक अञ्जना राईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये