नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम संगसंगै सांस्कृतीक कार्यक्रम सम्पन्न

दमक,३० कार्तिक । दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले आईतबार कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम संगसंगै सांस्कृतीक कार्यक्रम सम्पन्न गरेको छ । किताबी ज्ञानलाई भन्दा बढी बाहिरी ज्ञान र प्राविधिक सिपमा बढी ध्यान दिने ग्लोबल एजुकेशनल एकेडेमीले हरेक वर्ष उल्लेख्य रुपमा विद्यार्थी भित्राउन सफल भएको छ र अभिभावक साथै विद्यार्थीको रोजाईमा पर्न पनि सफल भएको छ ।

कार्यक्रमको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी साथै संस्थापक सदस्य समेत रहनुभएका खेम भण्डारीले दिप प्रज्वलन गरी औपचारीक रुपमा उद्धघाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कक्षा १२मा अध्ययनरत छात्र सिमान ताजपुरियाले आफ्नो विद्यालयको र विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको खुलेर प्रशंसा गर्नुभयो । उहाँले विद्यालयका प्रधानाध्यापकले गरेको व्यवस्थापन र शिक्षकहरुले गरेबो कडा मेहेनतका कारण नै आज ग्लोवल एज’केशनल एकेडेमी सबै विद्यार्थीहरुको रोजाईमा पर्न सफल भएको र कोशी प्रदेश कै पहिलो श्रेणीमा आउन सफल भएको पनि उल्लेख गर्नुभयो ।

त्यस्तै, कार्यक्रमका प्रमुख अथिती र विद्यालयका संस्थापक सदस्यका साथै पूर्व अध्यक्ष समेत रहनुभएका खेम भण्डारीले ग्लोबल एजुकेशनल एकेडेमी अरु शैक्षिक संस्था भन्दा निकै फरक रहेको उल्लेख गर्दै अरु शैक्षिक संस्थाहरुले यस खाले कार्यक्रम आफैँ आयोजना गर्ने र आफैँ व्यवस्थापन गर्ने गरेका छन् , तर ग्लोबल यो कार्यक्रमको आर्थिक पाटो मात्र हेरेको र व्यवस्थापनको सबै जिम्मा विद्यार्थी आफैले सम्हाली रखेको बताउनुभयो ।

त्यस्तै ग्लोबल एजुकेशनल एकेडेमीका प्रधानाध्यापक गुणराज अधिकारीले यस विद्यालयले विद्यार्थीलाई किताबमा मात्र समावेश नराखी प्रविधिक ज्ञानका साथै नैतिक शिक्षामा बढि जोड दिने भएकाले आफ्ना विद्यार्थीहरु अब्बल र अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्दा गर्न सक्ने बताउनुहुन्छ ।

कार्यक्रममा कक्षा ११ बाट उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका बिद्यार्थीहरुलाई नगद र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य