महिला हिंसाविरूद्ध १६ दिने अभियान : चेतना जगाउन दमकमा वृहत् र्‍याली

यसले दिन खोजेको सन्देशबारे बुझौ

दमक, ९ मंसिर। ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’

यी दुई नारालाई हाईलाईट गरेर आज दमकमा बृहत र्‍याली निकालियो ।

दमक नगरपालिकाबाट निस्केको र्याली नगर परिक्रमा गरेर फेरी नगरपालिकामै आएर कोणसभा गरि सम्पन्न भयो । र्यालीमा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई सहित दमकका अन्य बिभिन्न सामाजीक संघ सस्था, प्रशाषनीक सस्था, सरकारी, गैरसरकारी, निजी लगायत दर्जन बढिमा संघ सस्थाहरुको सहभागीता रहेको थियो । सबैले आ आफ्नो पहिचान सहितको ब्यानर र पोषाक पनि लगाइएको थियो । शान्तपूर्ण रुपमा निकालीएको र्यालीमा लैगीक समानताका बारेमा लेखीएका बिभिन्न नाराहरु लेखीएको थियो । प्ले कार्डहरु देखाइएको थियो ।

मंगलबारदेखी सुरु भएको यो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान डिसेम्बर १० तारिख सम्म चल्ने छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी १६ दिन सम्म मनाइन्छ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । मंगलबार दमक नगरपालिकाले आयोजना गरेको र्यालीमा सहभागी हुन आउनु भएकी दमक स्थित आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एच ए विषय अध्यन गरिरहनु भएकी आस्मा भट्टराई भन्नु हुन्छ यसखालको र्यालीबाट सामाजीक चेतना बृद्धि गर्न मद्यत गरिरहेको छ । उहाँले भन्नु भयो पछिल्लो समय प्राविधिको दुरुपयोग बढिरहेकोले यसबाट कसरी सचेत हुने र आफु सुरक्षीत हुने भन्ने सन्देश दिन पनि यो र्याली महत्वपूर्ण हुने छ ।

यो अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो । अभियानमा सहभागी हुनु भएकी दमक नगर बाल सञ्जालकी सचिव कीष्मिका पोखरेलले पछिल्लो समय प्रविधि माफर्त महिला तथा बालबालिकाहरुमा हिंषा बढि रहेको, गलत उद्धेस्यले सन्देशहरु प्रवाह गरिरहेको, प्रलोभन देखाउने गरेका जस्ता घटना बढीरहेकोले त्यस तर्फ सचेत हुँदै त्यसखाले घटना न्यूनिकरणमा सरकारी संयन्त्रले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

र्याली पछि आयोजीत कोणसभालाई सम्वोधन गर्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले भन्नु भयो दमकको कुना कुनामा यो अभियान पुग्नु पर्ने र यसले सामाजीक रुपान्ततरणमा महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनु भयो । अहिले पनि लिगका आधारमा कोहि कसैले विभेद खेपीरहेको छ भने त्यो अपराध हो र त्यसो गर्नेलाई कानुनी कार्वाहि हुने छ । नगर प्रमुख थापाले उल्लेख गर्नुभयो ।

यस्तै सोहि कार्यक्रममा बोल्दै दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले पछिल्लो समय भौतीक हिंषा भन्दा पनि डिजिटल हिंषा बढिरहेको र यसको प्रतिकार गर्न सबैजना तयार हुनुपर्नेमा जोड दिनुभयो । यस खालका हिंषात्मक गतिविधिलाई न्यूनिकरण गर्दै नियन्त्रण गर्न दमक नगरपालिकाले वार्षिक कार्यक्रम बनाएर सामाजीक रुपान्तरणमा काम गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि मनाउन थालिएको हो ।हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाबाट उत्पन्न समस्या अहिलेसम्म पूर्ण रूपमा अन्त्य हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य