विद्यार्थीलाई शब्दको संयोजन र शब्दलाई शक्तिमा प्रयोग गर्न दमकको ग्लोबलले गरायो कार्यशाला

प्रसिद्ध कवि नवराज पराजुलीद्धारा प्रशिक्षण

दमक, ११ मंसिर । दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले सधैँ जसो नै आफ्ना विद्यार्थीहरुलाई सिर्जनात्मक, सक्षम र आत्मविश्वासी बनाउन विभिन्न सिकाईमुखी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साहित्यमा रुची भएका विद्यार्थीहरुलाई लक्षित गर्दै उनीहरुको लेखन क्षमतालाई अझै अभिवृद्धी गरेर लैजाने उद्धेश्यले नेपालकै प्रसिद्ध कवि नवराज पराजुलीबाट विद्यार्थीहरुलाई प्रशिक्षण गर्ने गरी शब्दानन्द कार्यक्रम मार्फत दुई दिने कार्यशाला सम्पन्न गरेको छ । यसबाट विद्यार्थीले के सिके ?

शब्दको सृजना । शब्दको संयोजन । अनी त्यही शब्दबाट निस्कने भाव । त्यसले पार्ने प्रभाव र र दिने सन्देश । कसैले तीनै शब्द लेख्दा शक्तिशाली बन्छ । पढिरहु हुने बन्छ । कसैले लेखेको हेर्नै मन पर्दैन । किन त्यस्तो हुन्छ ? किनकी जसले शब्द र त्यसको संयोजन मिलाउन सक्छ उसको मात्रै शक्तिशाली सृजना बन्छ । र यस्तै सृजनशील र शक्तिशाली जनशक्ति उत्पादन गर्न दमकमा रहेको ग्लोवल एजुकेशलन एकेडेमीले कार्यक्रम गर्यो । शब्दानन्द नाम दिइएको यो कार्यक्रममा विद्यार्थीहरुलाई दुई दिन सम्म मान्छेका कुरा सुनेजसरी शब्दका कुरा सिकाइयो । यती मात्रै नभएर शब्दलाई औजार बनाएर कसरी बोल्ने भन्ने कला पनि सिकाइयो ।

वर्कशपमा सहभागी यही विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा आयुसा भण्डारी कविता लेख्न रुची राख्नुहुन्छ । देशकै चर्चीत कवि नवराज पराजुलीका कविता सुनेर र पढेर कविता लेख्न आकर्षीत भण्डारी भन्नु हुन्छ एउटा कविको लागी कविता नै जीवन रहेछ । आफूले शब्दलाई कसरी जिवन्त बनाउने भन्ने बारेमा यो कार्यशाला मार्फत सिक्न पाए ।

त्यस्तै, यो कार्यशालामा सहभागी अर्का विद्यार्थी जिसेस गौतम पनि आफ्नो लागी कविता भाव रहेको बताउदै कवि पराजुलीले कविता लेख्दा शब्दको प्रयोग कसरी गर्ने भन्ने कूरा सिकाउनुभएको र त्यसले कविता लेखनलाई सहज पार्ने उहाँको अनुभव छ ।

कविता कसरी लेख्ने भन्दा पनि कवितामा शब्द कसरी प्रयोग गर्ने र कवितामा प्रयोग हुने शब्दलाई कसरी मानिसलाई जसरी प्रेम गर्ने भन्ने कुरा प्रशिक्षकको रुपमा आउनु भएका कवि नवराज पराजुलीको प्रतिकृया छ ।

लेखन, सिर्जनशिल्ता अभिवृद्धी गर्दै कविताको साथसाथै लेखन विधाहरुमा विद्यार्थीले आफुलाई उभ्याउन सकुन र अझ शाब्दीक र भाषीक रुपमा पनि सृजनशील बन्न सकुन भनेर विद्यालयले यसखालको कार्यशाला आयोजना गरेको ग्लोवल एजुकेशनल एकेडेमीका प्रन्सिपल गुणराज अधिकारीले जानकारी दिनुभयो ।

कुनै शब्द सुन्दै पनि कति आनन्द आँउछ । अनी उर्जा प्राप्त हुन्छ । तर कुनै शब्द कसैलाई सुन्दैपनि झर्को लाग्न सक्छ उ थप निराश बन्न सक्छ । त्यसैले शब्लाई शक्तिका रुपमा प्रयोग गरी आफ्नो सुन्दर भविष्य विद्यार्थीले बनाउन सकुन भनेरनै ग्लोवल एजुकेशनल एकेडेमीले आफ्नो विद्यालयका विद्यार्थीका साथमा अन्य विद्यालयका विद्यार्थीलाई पनि सहभागी गराएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट