दमक–७ सयपत्री टोलमा सिरक–डसना उत्पादन गर्ने गोदाममा आगलागी, करिब ७ लाखको क्षति

दमक,११ मंसिर । दमक नगरपालिका–७, सयपत्री टोलस्थित कैयुब मन्सुरीले संचालन गर्दै आएको सिरक–डसना उत्पादन गर्ने गोदाममा आज अचानक आगलागी भएको छ। विद्युत् सर्ट भएको आशंकामा गोदामभित्र रहेका कर्मचरीहरूले आगो लागेको देखेपछि तत्काल खबर गरे पनि आगो छिट्टै फैलिएको थियो। गोदाममा राखिएका सबै सामग्री तथा डसना उत्पादनका मेसिन पूर्णरूपमा जलेर नष्ट भएको सञ्चालक मन्सुरीले बताए। उनका अनुसार करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा दमक नगरपालिकाको वारुण यन्त्र प्रयोग गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रहरी तथा नगरप्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा ल्याएको हो। समयमै दमकल पुगेपनि , गोदाम भित्र सबै कपडा भएकाले आगो लागेको १५ मिनेट नपुग्दै सबै सामान जलेर नष्ट भएको प्रतक्षदर्शीहरुले बताएका छन् । आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार