ग्लोबल एजुकेशनल एकेडेमीमा ‘शब्दानन्द’: कविता, सिर्जना र अनुभूतिको त्यो सिकाई

दमक। १४ मंसिर । केही दिनयता ग्लोबल एजुकेशनल एकेडेमीको कक्षा कोठामा शब्दको सानो ब्रह्माण्ड बन्दै थियो। विद्यार्थीहरु हातमा कलम लिएर बस्दा छेउमै कवि नवराज पराजुलीका स्वरहरु गुञ्जिरहेकै थिए। शब्द कसरी जन्मिन्छ, कविता कसरी बग्छ, र हृदयले बोलेको भाव कागजमा कसरी उतारिन्छ—यिनै सूत्र सिकाउँदै विद्यालयले आयोजना गरेको कविता तथा शब्द प्रशिक्षण वर्कशप आज एउटा सुन्दर निष्कर्षमा आइपुग्यो। यसैको मूल्यांकन, अनुभूति र उत्सवलाई जोडेर ‘शब्दानन्द तथा कविता कन्सर्ट’ सम्पन्न गरिएको छ।

कार्यक्रमको थालनी दीप प्रज्वलनसँगै गरियो। प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा बाङ्देल चेलीको उपस्थिति, विभिन्न विद्यालयका प्रमुख, कविहरु, पत्रकार र अभिभावकको सहभागिताले हॉल एक किसिमको साहित्यिक उत्सवजस्तै बनेको थियो।
पहिलो सत्रमा विद्यार्थीहरूले वर्कशपपछि लेखेका आफ्नै कविता आत्मविश्वासपूर्वक वाचन गरे। बीचबीचमा कवि नवराज पराजुलीका शब्दहरुले वातावरणलाई झनै गहिरो बनाइरहेकै थिए ।

यस कार्यक्रमको मुख्य उद्देश्यबारे स्पष्ट पार्दै ग्लोबल एजुकेशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारी भन्नुहुन्छ “ विद्यार्थीको सिर्जनशीलता बोल्न दिन ,, कविता लेखनको रुझान भर्न, विद्यालयहरूमा नृत्य, गायन र खेलकुदका प्रतियोगिता नियमित हुन्छन् तर कविता वाचन र लेखनजस्ता बौद्धिक कलालाई भने अझै पनि त्यति प्राथमिकता नदिइएको महसुस गरेको छौ । उहाले भन्नुभयो “ हामीले विद्यार्थीको सिर्जनात्मक क्षमतालाई बोल्न दिने, लेखनमा रुचि राख्नेहरूलाई मंच दिने भनेर यो कार्यक्रम सुरु गरेका हौं।”

कार्यक्रमको दोस्रो चरण वर्कशपकै गहिरो पुनरावलोकन जस्तै बन्यो। “लेखन सिर्जनशीलता स्तरोन्नति” शीर्षकमा गरिएको गोष्ठीमा सात जना वक्ताले विभिन्न कोणबाट लेखन र कविताका आयामबारे धारणा राखे।

कार्यक्रमकी प्रमुख अतिथी तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा बाङ्देल चेलीले ग्लोबल एजुकेशनल एकेडेमीको यो प्रयासप्रति प्रसन्नता व्यक्त गर्नुभयो ।
कवि नवराज पराजुलीको व्यक्तित्व र सिर्जनात्मक उपस्थितिले कार्यक्रम समृद्ध बनेको बताउँदै, उनले गोष्ठीमा रहेका सात वक्तामध्ये एकजना पनि महिला नभएकोमा भने उहाले असन्तुष्टि जनाउनुभयो

कविता मात्र मनोरञ्जन होइन, त्यो सोच्ने तरिका हो, केही दिनअघि सुरु भएको वर्कशपले विद्यार्थीहरूमा यिनै भावको बीउ रोपिदिएको छ । ‘शब्दानन्द’ कन्सर्टले यसको फुल फुलाएर देखायो । कसैले पहिलो पटक कविता लेखे, कसैले पहिलो पटक माइक समातेर आफ्ना शब्दहरू सार्वजनिक गरे।
आफ्नो स्वरमा लागेको आत्मविश्वासले कार्यक्रमभरि बसेकाहरूलाई एउटा आशा जगाएको थियो कि अब दमकमा एउटा सिर्जना बुझ्ने पुस्ता जागरुक हुँदै छ भनेर ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा