ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या

 

 

काठमाडौं । नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्।

पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्।

ठूलो आवाजमा आधुनिक म्युजिक डिभाइस प्रयोग गर्ने र अन्य खालका ध्वनि प्रदूषणले कानको श्रवण क्षमता गुम्दै जाने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा।

प्रकाश बुढाथोकीले बताए। उनका अनुसार हिजोआज लामो समयसम्म हेयरफोन लगाएर रेडियो तथा कम्प्युटरमा गीतसंगीत सुन्ने, मोबाइलमा बोल्ने, बिहे, व्रतबन्धमा लामो समय चर्को आवाजबीच काम गर्ने, हवाईजहाज, मोटरको ध्वनिजस्ता प्रदूषणले कान नसुन्ने समस्या बढिरहेको छ।

 

चिकित्सकका अनुसार ध्वनि प्रदूषणको जोखिममा कारखानामा काम गर्ने मजदुर, सडक तथा एयरपोर्टनजिक घर भएका व्यक्तिहरू, लामो समय समूहमा बसेर पूजा प्रार्थना गर्ने समुदाय, लामो समय अस्पतालमा भर्ना भई बसेका बिरामी हुन्छन्।

यसको साथै जन्मजात कानको समस्या भएका, कानको संक्रमण भई समयमै उपचार नभएका व्यक्तिहरू पनि कान नसुन्ने समस्याको जोखिममा हुन्छन्।

कुनै पनि कारणले कान नसुन्ने समस्या आउन थालेको भए पनि समयमै उपचार गरेमा र नियमित कानको जाँच गरेमा कान नसुन्ने समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

चिकित्सकका अनुसार शिशु गर्भमा रहँदा आमाले अनावश्यक औषधि प्रयोग गरेमा तथा अन्य कारणले शिशुमा जन्मजात कानको समस्या हुन्छ। उनीहरूको एक महिनाभित्र परीक्षण गरेमा कारण पत्ता लगाई उपचार गर्न सकिने चिकित्सक बताउँछन्। यसका साथै मानिसको औसत आयुको कारण पनि कान नसुन्नेको संख्या बढिरहेको डा। बुढाथोकी बताउँछन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न