समुदायमुखी स्वास्थ्य सेवामा निरन्तर सक्रिय रहदै ओम शान्ति हस्पिटल

विद्यालयमा अध्ययनरत करिब २०० विद्यार्थी तथा अभिभावकले शिबिरमार्फत निःशुल्क दन्त परीक्षण गराए

दमक,१५ मंसिर। समुदायमुखी स्वास्थ्य सेवामा निरन्तर सक्रिय रहेको ओम शान्ति हस्पिटलले मंसिर १५ गते दमक–१ मा रहेको लिटल स्कलर मन्टेश्वरीमा निःशुल्क दन्त परीक्षण शिबिर सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत करिब २०० विद्यार्थी तथा अभिभावकले शिबिरमार्फत निःशुल्क दन्त परीक्षण गराएका छन् ।

शिबिरमा बालबालिकाको दन्त स्वास्थ्यको अवस्था कस्तो छ भनी परिक्षण गरिएको थियो भने भविष्यमा अपनाउनुपर्ने दन्त सुरक्षाबारे चिकित्सक टोलीद्धारा विस्तृत परामर्श समेत प्रदान गरिएकोे थियो ।
सोही विद्यालयकी अभिभावक विपना खत्रीले यसखाले निशुल्क दन्त शिभिर विद्यालयमा आयोजना हुदाँ विद्यालयमा अध्ययन।त विद्यार्थीहरुले मात्र नभई आफू अभिभाबकहरुले पनि निशुल्क दन्त परिक्षण गराई प्रत्यक्ष फाईदा लिन पाएको बताउनुभयो ।

त्यस्तै विद्यालयका संस्थापक प्रिन्सीपल देव ओझाका अनुसार यस खाले दन्त शिभिर विद्यालयमा आयोजना हुदाँ विद्यार्थीहरुको दन्तको स्वास्थ्य अवस्था कस्तो छ भनी अभिभावक र विद्यालयलाई थाहा हुने भएकाले दन्त रोगको प्रारम्भीक अबस्थामा उपचार हुन सक्ने बताउनुभयो ।

आज आयोजना भएको दन्त शिभिरमा दन्त परिक्षण गर्नेहरुलाई थप उपचार आवश्यक भए २० प्रतिशतसम्म छुट समेत रहेको ओम शान्ति हस्पिटलका सञ्चालक कमल गैरेले जानकारी दिनुभयो ।

ओम शान्ति हस्पिटलले यसअघि पनि दमकका विभिन्न विद्यालय तथा समुदायमा दन्त तथा सामान्य स्वास्थ्य सम्बन्धी निःशुल्क परीक्षण गर्दै आएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार

कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि

अमेरिका–साउदी आणविक सम्झौता प्रक्रिया सुरु

काठमाडौं ,१० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र