अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको आम्दानी खर्च प्रस्तुत

पथरी शनिश्चरे समाचारदाता,मङ्सिर –२१ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आम्दानी र खर्च प्रस्तुत गरिएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ स्थित शिखर चोकको पथरी ११ फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरेको हो।

 

 

पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६,२ ०० खर्च भएको र क्लबको खातामा ३लाख ३ हजार ९५० रुपैयाँ वचत रहेको प्रेस विज्ञप्ति पढेर सुनाउनु भएको थियो।

 

 

सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म सफलताको पूर्वक संचालन भएको थियो।
उक्त गोल्डकपलाई सभ्य र भव्य सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरी आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्ने पथरीशनिश्चरे नगरपालिका तथा नगर खेलकुद समिति, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेसन अमेरिका, सांग्रिला युथ फुटबल क्लव अमेरिका, के. आई. ई. सी. इटहरी, पथरीशनिश्चरे नगर , फस्ट लिङ्क, सिद्धार्थ वैङ्क, ब्रिटिस आर्मी, विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू, आयोजक उपसमितिका सदस्यहरू, दर्शकहरू लगायत संस्थागत एवम् व्यक्तिगत रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा आयोजकले हार्दिक आभार सहित धन्यवाद दिएको छ।

 

 

सोही क्रममा क्लबका अध्यक्ष सुमन बिकले हरेक वर्ष आयोजना गरिने लक्ष्य राखिएको उक्त दोस्रो संस्करणको यो प्रतियोगिताले युवा जनशक्तिलाई सहि मार्गदर्शन गरी राष्ट्र निर्माणमा थोरै भए पनि इट्टा थपेको विश्वास व्यक्त गर्नुभयो। उहाँले पथरी –११ फुटबल क्लब, आगामी दिनमा समेत यस्तै प्रकारका सामाजिक, आर्थिक साथै पूर्वाधार विकासका कार्यक्रमहरु लिएर आइराख्ने प्रतिवद्धता जनाउनु भएको थियो।

 

उक्त अवसरमा उक्त गोल्डकप प्रतियोगितालाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विभिन्न संचार माध्यमका पत्रकारहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो।

फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानियाको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा क्लबका विभिन् विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा

पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र

 आज झापामा सात अव्यवस्थित परिवारले पाए लालपुर्जा

झापा अर्जुनधारा,३० असोज । अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का सात अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण सम्पन्न भएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाको

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक