१६ दिने लैङिक हिंसा विरुद्धको अभियान सकियो , प्राविधिक हिंसामा के न्यूनीकरण भयो?

दमक, २४ मंसिर । प्रविधीको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मुख्य नाराका साथ मंसिर ९ गतेदेखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दमकमा बुधबार औपचारिक कार्यक्रमसहित समापन गरिएको छ।

 

दमक नगरपालिकाको आयोजनामा तथा हातेमालो महिला सरोकार समाजको समन्वयमा सम्पन्न कार्यक्रममा प्रविधिको सही प्रयोग गर्दै लैङ्गिक हिंसा अन्त्य गर्ने सन्देशलाई प्राथमिकतामा राखिएको थियो।

१६ दिनसम्म चलेको अभियान अवधिभर दमकका विभिन्न विद्यालय, टोल विकास संस्था र समुदायमा ¥याली, अन्तरक्रिया, चेतनामूलक कार्यक्रम, बालबालिका तथा युवासँग संवाद, कानुनी सचेतना लगायतका विविध गतिविधिहरू सञ्चालन गरिएका थिए। तर, के १६ दिनको अभियानले मात्रै साँच्चै लैङ्गिक हिंसा अन्त्य सम्भव छ त?

अभियानबाट पीडित महिलाहरूमा उजुरी गर्ने हिम्मत बढ्नु, पुरुष तथा युवाको सहभागिता उल्लेख्य हुनु, लैङ्गिक हिंसा सहनुपर्ने विषय हैन भन्ने सोच सर्वसाधारणमा फैलिनु जस्ता उद्देश्य लिइएको थियो। तर अभियानलाई १६ दिनमै सीमित नराखी वर्षभर निरन्तर चलाउनुपर्ने आवश्यकता पनि सहभागीहरूले औंल्याएका छन्।

दमक–५ की अभियानकत्र्री पार्वता ढकाल १६ दिनले मात्र समाज रुपान्तरण गर्न नसक्ने बताउनुहुन्छ।

दमक नगरपालिका सामाजिक विकास समितिकी संयोजक सारदा भट्टराई समाजको सोच र व्यवहार परिवर्तन गर्न समय लाग्ने बताउनुहुन्छ। १६ दिनले मात्रै ठूलो परिवर्तन सम्भव नभएको भन्दै वर्षैभर यस्तो अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउनुहुन्छ।

समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले हरेक वर्ष चलाइने अभियानबाट वास्तवमै उपलब्धी भयो कि भएन भन्ने अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले हिंसा पीडितका लागि सुरक्षित सेवा, परामर्श र सहयोगलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

 

यद्यपि अभियानले चेतनामा केही वृद्धि गराए पनि पीडितको पुनःस्थापना, न्यायिक प्रक्रिया छिटो बनाउने र आर्थिक सशक्तीकरणजस्ता विषयमा अझै चुनौती बाँकी रहेको देखिन्छ। १६ दिने अभियानको समापनसँगै अब यो लडाइँ व्यवहारिक चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट