दमकमा रेस्टुरेन्ट व्यवसाय : कति अवसर, कति चुनौती ?

एउटै क्षेत्रमा उस्तै प्रकृतिका धेरै रेस्टुरेन्ट खुल्दा साेचेजस्ताे व्यापार भने हुने गरेकाे छैन ।

दमक, २८ मंसिर । दमकमा पछिल्लो समय रेस्टुरेन्ट र क्याफे खोल्ने क्रम तीव्र बनेको छ। मुख्य सडकदेखि भित्री बजारसम्म आकर्षक सजावट, नयाँ मेनु र आधुनिक सेवासहितका रेस्टुरेन्ट एकपछि अर्को गर्दै खुलेका छन्। यसले दमकमा लगानीको वातावरण बढ्दै गएको संकेत गर्छ।
रेस्टुरेन्ट व्यवसायले रोजगारी सिर्जना गरेको छ, सेवा विस्तार भएको छ र दमकको सहर पहिचानमा पनि योगदान पुगेको छ। तर, चम्किलो बाहिरी स्वरूपभित्र चुनौती पनि उत्तिकै गहिरो छ। सीमित ग्राहक, कडा प्रतिस्पर्धा र चर्को खर्चका कारण धेरै रेस्टुरेन्ट खुलेको केही समयमै बन्द हुन बाध्य भएका उदाहरणहरू पनि बढ्दै गएका छन्।

दमकको बजार अहिले प्रतिस्पर्धाले भरिएको छ। एउटै क्षेत्रमा उस्तै प्रकृतिका धेरै रेस्टुरेन्ट खुल्दा बजार पाउन गाह्रो भएको व्यवसायीहरू बताउँछन्। बजार अध्ययन, स्पष्ट योजना र दीर्घकालीन रणनीतिबिनाको लगानी कति जोखिमपूर्ण हुन्छ भन्ने कुरा यसबाट प्रस्ट झल्काइरहेको छ । करिब सात महिना अघि २० लाख रुपैयाँ लगानी गरी दमक–४ मा फिफा सेकुवा घर सञ्चालनमा ल्याएकी कोपिला थापा सुरुवाती उत्साह अहिले यथार्थमा रूपान्तरण भएको बताउनुहुन्छ।

पारिवारिक भेला र साथीभाइको भेटघाटका लागि शान्त र सुन्दर वातावरणमा रेस्टुरेन्ट तयार पारिएको थियो। सुरुका दिनमा व्यापार राम्रै चले पनि पछि अपेक्षा अनुसार नचलेको उहाँको अनुभव छ।

दमक–५ मा रहेको एपल रेस्टुरेन्ट एण्ड कटिया हाउस सञ्चालन गर्दै आएका प्रलाद शर्मा फुयललाई यो व्यवसायले ठूला सपना देखाउने अवस्था छैन।
करिब छ वर्षदेखि रेस्टुरेन्ट चलाइरहनु भएका उहाँ भन्नुहुन्छ, “पैसा कमाएर केही गर्ने हैन, खान मात्रै ठिक्क हुन्छ।”

देशका धेरै युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। विदेशमा होटल र रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने अवसर धेरै हुने भएकाले उनीहरूले त्यही क्षेत्रमा अनुभव लिन्छन्। त्यही अनुभव लिएर स्वदेश फर्किएपछि आफ्नै रेस्टुरेन्ट खोल्ने चाहना राख्नेहरू पनि बढेका छन्। तर, विदेशमा जस्तो सहज वातावरण यहाँ नपाइने दमक–९ मा रहेको साउत किङ फेमिली रेस्टुरेन्ट एण्ड बार का सञ्चालक खड्ग भण्डारी बताउनुहुन्छ। उहाँका अनुसार केही समयमै अपेक्षा पूरा नहुँदा धेरै व्यवसायी रेस्टुरेन्ट बन्द गर्न बाध्य हुन्छन्।

दमकमा रेस्टुरेन्ट व्यवसायले रोजगारी सिर्जना गरेको छ, सेवा विस्तार भएको छ र सहरको पहिचानमा नयाँ आयाम थपिएको छ। तर, प्रतिस्पर्धा, सीमित ग्राहक र चर्को खर्चका कारण यो क्षेत्र अवसरसँगै जोखिमपूर्ण पनि छ। योजना र गहिरो अध्ययनसहित गरिएको लगानी सफल हुन सक्छन । नत्र, बाहिरबाट चम्किलो देखिने सजावटभित्र घाटाको कथा लुकेको हुन सक्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य