श्रष्टा सम्मान

लाेकगायक सीताराम ताजपुरियालाई दमकमा भव्य सम्मान

कला र संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोले नगद १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान 
  1. दमक,२ पुस । पूर्वी नेपालका लोकधुनलाई गीत–संगीतमार्फत चिनाउँदै आएका पुराना लोक गायक सिताराम ताजपुरीयालाई झापाको दमकमा सम्मान गरिएको छ ।

क्रिसमसको अवसर पारेर दमक नगर इसाई समाजले आयोजना गरेको कार्यक्रममा कला र संगीतको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै गायक ताजपुरीयालाई नगद १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।

 

गीत–संगीतको माध्यमबाट पूर्व क्षेत्रको पहिचान स्थापित गर्न उहाँले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराई प्रसाईंले लोकसंगीतले समाज, संस्कृति र पहिचान जोड्ने काम गरेको बताउँदै कलाकारको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बा, पूर्व अध्यक्ष तथा ख्रिष्टमस विशेष शुभकामना आदान–प्रदान तथा सांगीतिक कार्यक्रमका संयोजक आकाश थुलुङ, सल्लाहकार राजकुमार राई लगायतले गायक ताजपुरीयालाई सम्मान गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले