दमकमा आँखाको स्वास्थ्य शिविर ,५ सय बढी लाभान्वित

मोतियाबिन्दु गर्न भनेर चिकित्सकले अस्पताल बोलाउनु भएको छ उहाहरुको निशुल्क उपचार नगरपालिकाले गरिदिने

दमक,६ पुस । दमकमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दमक नगरपालिकाको आयोजना र मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा शिबिर सम्पन्न गरिएको हो ।

दमक नगरपालिकाको प्राङ्गणमा सम्पन्न शिबिर विपन्न , जेस्ठ नागरिक तथा लक्ष्यित वर्ग केन्द्रित गरेर आयोजना गरिएको दमक नगरपालिकामा प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।

 

शिविरमा आउनेहरुको निशुल्क आँखा परिक्षण , आवश्यक पर्नेहरुलाई चस्मा र औषधि वितरण , परिक्षण पश्च्यात उपचार आवश्यक पर्नेहरुलाई नगरपालिकाको सिफारिसमा निशुल्क मोतियाबिन्दु शल्यक्रिया समेत गरिदिने नगरपालिकाका स्वास्थ्य साखाका प्रमुख प्रजेस मेहेताले जानकारी दिनुभयो ।

 

शिविरमा ५ सय बढिले लाभ लिएका छन । यसमध्ये जतिलाई मोतियाबिन्दु गर्न भनेर चिकित्सकले अस्पताल बोलाउनु भएको छ उहाहरुको निशुल्क उपचार नगरपालिकाले गरिदिने जनाईएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण