खबरदारी कार्यक्रम

राष्ट्रियता, संविधान र लोकतन्त्र जोगाउनुपर्नेमा एमालेको जोड

पार्टीभित्र संगठन सुदृढ गर्दै नागरिकबीच सचेतना फैलाउने अभियानलाई निरन्तर दिने एमालेको दाबी—

दमक,१० पुस । राष्ट्रयिता, संविधान र लोकतन्त्र जोगाउनुपर्ने भन्दै नेकपा एमालेले झापाको दमकमा खबरदारी कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला कमिटीको आयोजनामा भएको खबरदारी कार्यक्रममा लोकतन्त्र र संविधानका रक्षाका लागी संसद पुनस्थापना गरौँ, प्रतिगमनकारी हर्कत र षडयन्त्रको विरोध गरौँ र संविधानको रक्षा गरौँ, आगजानी लुटपात, तोडफोडको निन्दा गरौँ ,सामाजीक सदभाव र धार्मिक एंव जातीय सदभाव कायम गरौँ जस्ता नाराहरु लागाईएको थियो ।
खबरदारी कार्यक्रममा पार्टीका कार्यकर्ता एंव नेताहरुले आफूहरूले देखेका राजनीतीक विचलन, शासनप्रणालीमा देखिएको संकट र जनताको अधिकार कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध सचेत रहन आग्रह गरेका छन् । संविधानलाई कमजोर पार्न खोज्ने गतिविधीबाट देशलाई जोगाउनु नै एमाले यसखाले कार्यक्रमको आयोजना गरिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा उपस्थित देवेन्द्र दाहालले अहिलेको तत्कालीन प्रधानमन्त्री र सरकार संविधान विरु४ बनेको सरकार रहेको बताउदैँ प्रधानमन्त्री एंव पूर्वप्रधानन्याधीश समेत रहनुभएकी सुसिला कार्की आफैले पहिला पूर्वप्रधानन्याधीश कुनै पनि राजनितीक गतिविधीमा सामेल हुन नपाउने भन्दै उल्लेख गरेको र संविधानमा पनि त्यही उल्लेख गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, अहिलेको सरकार फेद न टुप्पोको सरकार हो । यो सरकारको केही हैसियत छैन ।

पार्टीभित्र संगठन सुदृढ गर्दै नागरिकबीच सचेतना फैलाउने अभियानलाई निरन्तर अघि बढाइने बताउदै एमालेले यस्ता कार्यक्रममार्फत राष्ट्रिय एकता, लोकतान्त्रकि मूल्य र जनउत्तरदायी शासनप्रतीको पतिबद्धता पुनः दोहोर्याएको दाबी गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार

कृषि कर्जा र वित्तीय चेतनालाई किसान मैत्री बनाउन मन्त्री चौधरीको जोड

काठमाडौं , १० भदौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि

अमेरिका–साउदी आणविक सम्झौता प्रक्रिया सुरु

काठमाडौं ,१० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र