कोशीमा सिटी रिक्साको लाइसेन्स लिन नयाँ नियम लागु

दमक,१८ पुस । कोशीमा सिटी रिक्साको लाइसेन्स लिन लिखित परीक्षा दिनु नपर्ने भएसगैँ सटी सवारी चालकले नियमावलीमा लिखित परीक्षाको साटो ट्राफिक नियम प्रशिक्षण लिनुपर्ने र सार्वजनिक सवारी साधनहरुले पञ्जीकृत हुनु नपर्ने लगायतका व्यवस्था पनि समेटिएको थियो । सोही प्रशिक्षण अनुरुप झापाको दमकमा शुक्रबार यातायात संघ र दमक ट्राफिक प्रहरीको संयुक्त टोलीद्धारा चालकहरुलाई प्रशिक्षण साथै सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

अधिकांश सिटी सफारी चालक अशिक्षित छन् । यस्तोमा लिखित परिक्षा हुदाँ उनीहरुले लाईसेन्स निकाल्न सक्ने अवस्था थिएन । तर, अब विना लिखित ट्रायलकै आधारमा लाईसेन्स निस्कने भएपछि लाईसेन्स निकाल्न नपाएका चालकहरुमा खुसीयाली छाएको छ । दमक २ का सिटी सफारी चालक दिल बहादुर बिक ।

लाईसेन्समा हुने झन्झड त अब सकिएको छ तर, व्लु बुक नविकरण गर्न जाँदा भोग्नुपर्ने सास्ती भने हझै सक्किएको छैन । लाईसेन्स भएका चालकहरुले पनि ब्लु बुल नविकरण गर्न जाँदा ८ हजार १० हजार तिर्नुपर्ने बाध्यता भएकाले नै व्लु बुक नविकरण गर्न नचाहने बताउनुहुन्छ अर्का सिटी सफारी चालक मनकुमार धिमाल ।

कोशी प्रदेश सरकारले लाईसेन्स बनाउदाँ लिखित परिक्षा दिनुपर्ने झन्झटलाई हटाएर लाईसेन्स बनाउन एकदमै सजिलो बनाईदिएको छ । सोही कारण आफ्नो सुरक्षा, यात्रुको सुरक्षा र दुर्घटना न्युनीकरण गर्नका लागी यस खाले सचेतना कार्यक्रमको आयोजना गरेको बताउनुहुन्छ यातायात कार्यलय विर्तामोडका कार्यलय प्रमुख प्रेम प्रसाद सापकोटा ।

नियमावली संशोधनपछि गरिएको व्यवस्थाले सिटी रिक्साको लाइसेन्स प्रक्रिया, दर्ता प्रक्रिया र लाइसेन्स लिने प्रक्रियाहरुमा सुधार हुने प्रदेश सरकारले अपेक्षा गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिपत्त व्यवस्थापन समितीले प्रधानमन्त्रीलाई के बृफिङ गर्दैछन?

काठमाडौ , १० भदौ। रसुवामा बुधबार बिहान गएको बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबार स्थित

बिर्तामोडमा न्वारानको भोज खाँदा दर्जनभन्दा बढी बिरामी

बिर्तामोड,१० भदौ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएका ठूलो संख्याका स्थानीय बिरामी परेका छन्। स्थानीय रामकुमार श्रेष्ठको नातिनीको न्वारान भोजमा सहभागी भएका पाहुनाहरूमा

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं,१० भदौ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा

ठूलो मानवीय क्षतिको आशंका, तटीय क्षेत्रमा उच्च सतर्क रहन अपिल

काठमाडौं , १० भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो संख्यामा मानवीय क्षति

उच्च सतर्कता अपनाउन र उद्धारमा जुट्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं ,१० भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले रसुवाको स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा भीषण बाढीका कारण गम्भीर क्षति पुगेको बताउनु भएको छ ।बुधबार