दमक उद्योग वाणिज्य संघको निर्वाचनमा मिश्रित समूह निर्वाचित, बिजयी भएपछि पदाधिकारीको यस्तो प्रतिक्रिया

दमक, १९ । दमक उद्योग वाणिज्य संघको निर्वाचनको मतपरिणाम मिश्रण आएको छ । शुक्रबार भएको निर्वाचनको मतगणना सकिएपछि परिणामले कुनैपनि समुहको बर्चस्व हुनेगरिको परिणाम नदिएको हो । अध्यक्ष पदमा दोस्रो कार्यकालकागी निवर्तमान अध्यक्ष देवीप्रसाद गुरागाई(गोपाल)नै पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी भरत चौलागाईंलाई फराकिलो मतान्तरसहित जित हासिल गर्नुभएको हो।

गुरागाईंले ८९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी मानिनुभएका चौलागाईंले ५८६ मत मात्रै प्राप्त गर्नुभएको थियो। यस्तै अध्यक्षका अर्का प्रत्याशी राजु खड्काले ५०७ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुपर्यो।

अध्यक्ष पदमा निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष गुरागाईंले प्रतिस्पर्धामा मात्रै प्रतिस्पर्धामा मात्रै समूहगत भएको तर अब निर्वाचित भइसकेपछि सबै व्यवसायको साझा उम्मेदवार भएर दमकको व्यवसायको हक हित र अधिकार संरक्षणका लागि आफूले काम गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ ।उहाँले आफ्ना प्रतिद्वन्दी राजकुमार योङया र ज्ञाननाथ पौडेललाई पछि पार्दै विजय हासिल हुनुभएको हो।

बस्नेतले ८०६ मत प्राप्त गरेर वरिष्ठ उपाध्यक्षको पदमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएपछि प्रतिक्रिया दिँदै बस्नेतले भन्नुभयो आफ्नो पद र व्यक्तिगत सामर्थ्य अनुसार जहाँ जतिबेला व्यापारीका लागि उभिनुपर्छ त्यहाँ त्यसैबेला पुग्ने उहाँले बताउनुभएको छ।

यस्तै प्रथम उपाध्यक्षमा सबैभन्दा लोकप्रिय मत ल्याएर रुबल अधिकारी विजयी हुनुभएको छ। उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी सुनिल शाह र तुलसी तिम्सिनालाई पछि पार्दै लोकप्रिय मत ल्याएर विजयी हुनुभएको हो। अधिकारीले ९६७ मत प्राप्त गर्दा शाह र तिम्सिनाले क्रमश ३६६ र ६०७ मत प्राप्त गर्नुभएको थियो।

प्रथम उपाध्यक्षमा विजयी भएपछि अधिकारीले भन्नुभयो अब म दमकका सबै व्यापारीको साझा नेतृत्व बनेको छु। व्यापारीको हक हितका लागि आफ्नो पहल रहनेछ ।

 

यस्तै द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा विजयी हुनुभएको छ। उहाँले आफ्ना प्रतिद्वन्दीहरु नवीन बराल र रमेश लुइटेलाई पछि पार्दै विजयी हासिल गर्नुभएको हो। निर्वाचित भएपछि खतिवडाले व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यापारीको हक हितमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

 

यस्तै तृतीय उपाध्यक्षमा सुवास गर्दोलाले विजयी हासिल गर्नुभएको छ। उहाँले आफ्ना प्रतिद्वन्दी विवेक श्रेष्ठ र उमेश गजमेरलाई पछि पार्दै विजय हासिल हुनुभएको हो। विजयी भइसकेपछि गर्तौलाले भन्नुभयो दमकका व्यवसायीका लागि कहाँ उभिनुपर्छ त्यहा उभिने छु ।

यस्तै महिला उपाध्यक्षमा संगीता तुम्बापो विजयी हुनुभएको छ। उहाँले आफ्ना प्रतिद्वन्दीहरू सुष्मा न्यौपाने निरौला र लोकमाया ढुंगेल सजुलाई पछि पार्दै विजय हासिल गर्नुभएको हो। आफूलाई मत दिएर विजय गराइदिनेहरुलाई धन्यवाद व्यक्त गर्दै उहाँ भावुक हुनुभयो र दमकको व्यापार र व्यवसायलाई थप मजबुत बनाउन आफूले सकेको योगदान गर्ने प्रतिक्रिया दिनुभएको छ ।

दमक उद्योग वाणिज्य सङ्घको शुक्रबार सम्पन्न भएको निर्वाचनमा २०३८ मत खसेको थियो। सङ्घमा २२९८ जना मतदाता रहेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि