हजारौँको सहभागितासहित भव्य वनभोज, – उर्लाबारीमा एमालेको शक्ति प्रदर्शन

उर्लाबारी ,२० पुस । नेकपा एमाले उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई, शुभकामना तथा वनभोज कार्यक्रम शनिबार उर्लाबारी–२ स्थित प्रगतिशील सामुदायिक वन क्षेत्रमा भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। पार्टीको ११ औँ महाधिवेशनपछि पहिलोपटक यति ठूलो संख्यामा नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थितिले उर्लाबारी क्षेत्रमा एमालेको संगठनात्मक शक्ति र चुनावी तयारीलाई स्पष्ट रूपमा उजागर गरेको छ।
कार्यक्रम नगर कमिटी अध्यक्ष निरोज तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सयभन्दा बढी व्यक्तिहरू नेकपा एमालेमा प्रवेश गरेका थिए, जसलाई संगठन विस्तारको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। पार्टी प्रवेश गर्नेहरूलाई नेतृत्वले खादा र माला लगाएर स्वागत गरेको थियो।

प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्र एकता, अनुशासन र संगठन विस्तार नै आगामी चुनावको आधार हुने उल्लेख गर्दै कार्यकर्तालाई जिम्मेवार र संयमित भूमिकामा रहन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी निर्वाचनमा एमाले नै अत्यधिक मतसहित विजयी हुने पार्टी भएको दाबी गर्नुभयो। उहाँले एमाले मुलुककै सबैभन्दा संगठित र बलियो राजनीतिक शक्ति भएको उल्लेख गर्दै, आवश्यकता अनुसार एक्लै वा तालमेलमार्फत चुनावी प्रतिस्पर्धामा जाने रणनीति स्पष्ट पार्नुभयो। चुनाव नजिकिँदै जाँदा संगठन विस्तार, कार्यकर्ताको मनोबल र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उहाँको जोड थियो।

मुख्यमन्त्री कार्कीले ११ औँ महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र दिशा दिएको बताउँदै नेता–कार्यकर्तालाई जनताको पक्षमा देखिने, अनुभूत हुने र परिणाममुखी काम गर्न आग्रह गर्नुभयो। उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले स्थानीय तहमा एमाले नेतृत्वले जनअपेक्षा अनुसार काम गरिरहेको दाबी गर्दै आगामी दिनमा विकास निर्माणका कामलाई थप तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो।वनभोज कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरे, केन्द्रीय कमिटी सदस्यहरू ऋषिकेश पोख्रेल र दिलिप कुमार अग्रवाल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,