वर्ल्डलिंकले थाल्यो ट्राफिक सचेतना कार्यक्रम

कार्यक्रम प्रदेशका पालिकाहरुमा निरन्तर सञ्चालन गर्ने

पथरी, २५ पुस / नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसीटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना कर्मचारीकासाथै सडकमा यात्रारतहरुका लागि सडक सुरक्षा र ट्राफिक नियमहरूका बारेमा प्रशिक्षित गर्न एक विशेष कार्यक्रम अघि बढाएको छ ।

 

उर्लाबारी प्रहरी र उर्लाबारी ट्राफिक प्रहरीको प्राविधिक सहयोगमा उर्लाबारीबाट सुरु गरिएको कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन्समा कार्यरत करिव ४० जना कर्मचारीसहित स्थानीयको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा ट्राफिक नियमहरू, सडक संकेतहरू, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने, गति नियन्त्रण तथा पैदलयात्रीको सुरक्षाजस्ता विषयहरूमा जानकारी प्रदान गरिएको थियो । साथै, सडक दुर्घटनाबाट हुने जोखिम र त्यसका असरहरूबारे व्यावहारिक उदाहरणमार्फत सचेत गराइएको थियो ।

 

कर्मचारीहरूमा सुरक्षित सवारी संस्कार विकास गर्नु र कार्यस्थल तथा दैनिक जीवनमा ट्राफिक नियमको पालना सुनिश्चित गर्नु कार्यक्रमको मुख्य लक्ष्य हो । यस किसिमको कार्यक्रमले कर्मचारीहरूलाई मात्र नभई उनीहरूको परिवार र समाजसम्म सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू प्रदेशका पालिकाहरुमा निरन्तर सञ्चालन गर्ने वर्ल्डलिंक कोशी प्रदेशका क्षेत्रीय जनसम्पर्क प्रबन्धक राजन तिम्सिनाले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पहिरो हटाइएपछि बीपी राजमार्ग खुल्यो

रामेछाप,३ साउन । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली स्थित विरुवाडाँडामा सडक माथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी

दमक शहर र विकास योजन

पूर्व–पश्चिम राजमार्गसँगको सहज पहुँच, पूर्वी नेपालको प्रमुख व्यापारिक क्षेत्रसँगको निकटता, विकसित बैंकिङ तथा शैक्षिक संस्था, स्वास्थ्य सेवा र बढ्दो शहरीकरणका कारण दमकमा बहुआयामिक विकासको ठूलो सम्भावना रहेको छ।

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको