निखिल भन्छन साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै ठाउँमा बस्नु परे त्यो खोर हुने उनी बताउँछन् ।

फेसबुकमा एक भिडियो सन्देश साझेदार गर्दै अभिनेता निखिल उप्रेतीले भनेका छन्, ‘म घर भन्दा पनि खोर भन्ने शब्द प्रयोग गर्न चाहन्छु । एक किसिमको अहंकार र घमण्डले मात्र हामीले घर, महल, दरवार भन्न थालेका हौं । जब बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने जति नै सुःख सुविधाको घरहरु पनि खोर हुन्छ । अहिले हामीलाई खोरमा बस्न कोरोनाले बाध्य गराएको छ ।’

मानिसले गरेको गल्तीकै कारण कोरोना आएको उनी बताउँछन् । निखिल भन्छन्, ‘विज्ञानले प्रगतिको पराकाष्ट कुनैमा गरेको छ भने त्यो हात-हतियारमा हो । अहिले विश्वका कतिपय देशसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार छन् । हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गर्दै आएका छौं । र, त्यही विकासको क्रममा हामीले गरेको गल्तीले नै यो कोरोना आएको हो ।’

अति सुक्ष्म कोरोनाले हतियारधारी देशलाई समेत आफ्नै खोरभित्र बस्न बाध्य बनाएको अभिनेता निखिलको भनाई छ । कोरोना फैलिनुको कारण मानिसले गरेको गल्तीको परिणाम रहेको बताउँदै उनी अगाडि भन्छन्, ‘हामी खोरमा बस्दा समेत चैनसँग बस्न सकेका छैनौं । हामी आफैंले कोरोनालाई जन्म दिएका हौं । हामीले गल्ती नै गरिसकेका छौं भने अब सयंमताका साथ बसौंन ।’

‘हामीलाई थाहा छ कि कोरोनाले नराम्रोसँग गस्रित पार्छ । मृत्युसम्म पुर्‍याउन सक्छ र एकबाट अर्कोमा सजिलै सर्छ । घरबाट बाहिर निस्कँदा पुलिसले लाठी चार्ज गर्छ भन्ने पनि थाहा छ । तर, हामीभित्रको कुन शक्ति हो जसले हामीलाई घरभित्र चैनसँग बस्न दिँदैन । हामीलाई रोडमै निस्कन मन लाग्छ,’ उनी मानिसभित्र हुने शक्तिले विकास र विनास दुवैमा लिएर जानसक्ने बताउँछन् ।

कोरोनाले मृत्यु हुने, परिवारमा सर्ने र सडकमा निस्किए पुलिसको कुटाइ खाने डर हुँदा-हुँदै पनि यसको मतलब नगरि रोडमा निस्कन गर्ने साहस अरु क्षेत्रमा लगाए जीवनको अर्को पाटो सुरु हुने उनी सुनाउँछन् । अभिनेता निखिल उप्रेती साँझको ५ बजेपछि कोरोनालाई चुनौती दिँदै ‘लकडाउन’ उल्लंघन गरेर सडकमा निस्कने मानिसको भीड राजनीतिक प्रभावको रुपमा लिन्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आगामी शैक्षिक सत्रका पाठ्यक्रम परिमार्जनमा सरकारी ढिलासुस्ती 

काठमाडौँ,१८ भदौँ । सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८