झापा क्षेत्र नम्बर ५ मा निर्वाचन कार्यालय स्थापना

दमक,३ माघ । निर्वाचन आयोग नेपालको मातहतमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि झापा क्षेत्र नम्बर ५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश, झापा जिल्ला अन्तर्गत दमक–८ मा रहेको अर्गानिक कृषी बजारको खाली भवनमा स्थापना गरिएको उक्त कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण काम कारबाही अगाडि बढाइएको छ ।

झापा क्षेत्र नम्बर ५ मा निर्वाचन अधिकृत बिदुर कार्कीको नेतृत्वमा ९ जना कर्मचारी खटिएका छन् । कार्यालयमा एक जना मुख्य निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, नासु वा खरिदार सरहका एक जना कर्मचारी, एक जना कम्प्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी, एक जना सवारी चालक तथा एक जना पिएसओ कार्यरत रहेका छन्।

निर्वाचन प्रयोजनका लागि यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र तोकिएका छन् । निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा कुल १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यलयको शुभारम्मसगैँ कार्यलयलाई व्यवस्थीत गर्ने कार्य सुरु गरिसकेको बताउनुहुन्छ क्षेत्र नं ५का निर्वाचन कार्यलय अधिकृत बिदुर कार्की । निर्वाचनलाई सफल पार्ने प्रतिबद्धता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको