चिकित्सक संगठीत

दमकमा गठन भयो स्पाईन क्लव , डा. गौरवराज ढकाल संरक्षक, दमकलाई मेरुदण्ड उपचारको हव बनाईने

 

दमक/
दमकमा हाडजोर्नी तथा नसारोग विषेशज्ञ चिकित्सकहरु संघठित भएका छन् । दमक निवासी डा. गौरवराज ढकालको संरक्षकत्वमा दमक स्पाईन क्लव गठन भएको छ । काठमाडौ स्थित बिर अस्पताल अन्तरर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा बरिष्ठ स्पाईन सर्जनको रुपमा कार्यरत दमक निवासी डा. ढकालले दमकलाई हाडजोर्नीको उपचार गर्नकालागि प्रदेश १ कै हव बनाउने लक्ष्य राख्नु भएको छ ।

क्लवको संयोजकमा दमक स्थित एडभान्स अस्पतालका हाडजोर्नी तथा नसारोग विषेशज्ञ डा. अनुप पोखरेल रहनु भएको छ भने अन्य विभिन्न अस्पतालमा कार्यरत हाडजोर्नी तथा नसा रोगका चिकित्सकहरु सदस्य रहनु भएको छ ।

सदस्यहरुमा दमक अस्पतालका डा. खड्ग लिम्बु र दिप नारायण रिजाल रहनु भएको छ । यसै गरि आम्दा अस्पतालका डा. डिल्ली रिजाल, अरुण कुमार शाह पनि सदस्यमा रहनु भएको छ । निम्स नेशन हस्पिटलका डा. नबीन कुमार सिहं, लाईफलाईन अस्पतालका डा. मनोज कुमार शाह र दमक हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. प्रविण चौधरी रहनु भएको छ ।

यो क्लवले आगामी बैशाख ९ गते पहिलो कार्यक्रम गर्दै छ । एडभान्स अस्पतालसँगको सहकार्यमा नेपालकै मेरुदण्डको रोगसँग सम्बन्धीत विज्ञहरुको भेला गराउने र यो रोग सम्बन्धीको कार्यपत्र नै प्रस्तुत गर्ने कार्यक्रम तय भएको क्लवका संरक्षक डा. ढकालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

साथै यो क्लवले मेरुदण्ड सम्बन्धीका रोग र यसका निराकरणका उपाय सहितका विभिन्न जनचेतना मुलक कार्यक्रम पनि गर्ने जनाएको छ । पछिल्लो समय बालबालिकामा पनि मेरुदण्ड र काँध दुख्ने समस्या बढेकोले विद्यार्थी सचेतना कार्यक्रम पनि गरिने उहाँले बताउनु भयो । यसले पूर्वि क्षेत्रमा मेरुदण्ड सम्बन्धीका कस्ता कस्ता समस्या रहेछन् र त्यसको निरारकण कसरी गर्न सकिने छ भन्नेकुराको अध्ययन पनि हुने विस्वास लिइएको छ । अध्ययन पछि यसका निराकरणका उपाय निकाल्न मद्यत पुग्ने डा. ढकालले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा