मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा : खड्ग फागो

मोरङ,१२ माघ। मोरङ क्षेत्र नम्बर–१ आगामी निर्वाचनको सन्दर्भमा राजनीतिक रूपमा निर्णायक मोडमा पुगेको छ। यसैबीच नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले समग्र विकास, सुशासन र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा सक्रियता बढाउनुभएको छ।

 

उर्लाबारीमा नेपाली कांग्रेस मोरङ–१ को चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै फागोले राजनीति आलोचना र आरोप–प्रत्यारोपमा सीमित नभई जनताको जीवनस्तर सुधार्ने माध्यम हुनुपर्ने धारणा राख्नुभयो। उहाँले विगतमा स्थानीय तहमा काम गर्दा हासिल गरेको अनुभव र कोरोना महामारीका बेला जनताका घर–घर पुगेर गरिएको सेवाले आफूलाई थप जिम्मेवार बनाएको दाबी गर्नुभयो ।

 

कार्यक्रममा कांग्रेस नेताहरूले पार्टी एकता र कार्यकर्ताको सक्रियतालाई जितको आधार मान्दै तडक–भडकभन्दा जनतासँग प्रत्यक्ष संवादमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। फागोले प्रतिनिधिसभामा पुगेपछि कानुन निर्माण, शिक्षा–स्वास्थ्य सुधार, आर्थिक गतिविधि विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बुले पार्टी पंक्तिलाई आ–आफ्नो क्षेत्रबाट सक्रिय रूपमा प्रचार–प्रसारमा जुट्न आग्रह गर्नुभयो। उहाँले पार्टीभित्रको एकता र कार्यकर्ताको सक्रियता नै निर्वाचन जित्ने मुख्य आधार हुने विश्वास व्यक्त गर्नुभयो।

 

राजनीतिक रूपमा मोरङ–१ मा विकास र सेवा प्रवाहको प्रश्न मुख्य मुद्दा बन्दै गएको अवस्थामा फागोको ‘समग्र विकास’ केन्द्रित एजेन्डाले मतदातामाझ कस्तो प्रभाव पार्ने भन्ने चासो बढेको छ।

सोमबार उर्लाबारीमा नेपाली कांग्रेस मोरङ–१ को चुनाव प्रचार–प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै उम्मेदवार फागोले राजनीति आलोचना र गाली–गलौजको माध्यम होइन, जनताको भावना बुझेर विकास र समृद्धिको दिशामा अघि बढ्ने माध्यम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँको भनाइमा राजनीतिक प्रतिस्पर्धा व्यक्तिगत आक्षेपमा सीमित हुनु हुँदैन, बरु जनताको जीवनस्तर सुधार्ने ठोस योजनामा केन्द्रित हुनुपर्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट