पथरी शनिश्चरेमा भव्य बन्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

पथरी, २८ माघ /मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।
विद्यार्थीहरुका लागि विभिन्न प्रकारको खेलकुद र उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन तथा फुड फेस्टिभलमा पाकेका विभिन्न परिकारका स्वादले सहभागीहरुलाई रमाइलो गराएको हो ।

 

पञ्चायत माविमा सञ्चालित प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, संस्थागत विद्यालयहरुको तर्फबाट नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, सामुदायिक विद्यालयहरुको तर्फबाट भागिरथ माविका प्रधानाध्यापक जानुका चेम्जोङ, पञ्चायत माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्चपास प्रदर्शन गरेका थिए । उपस्थित विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई आयोजक पञ्चायत माविका विद्यार्थीहरुले नृत्य मार्फत स्वागत गरेका थिए ।

 

तीन दिन (माघ २९) सम्म चल्ने प्रतियोगिता सञ्चालन तथा निर्देशन समितिको सदस्य सचिवसमेत रहनुभएका पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।

 

प्रतियोगितामा आधारभूत तहका ३४ र माध्यमिक तहका २३ गरी ५७ वटा विद्यालयहरु सहभागी भएको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।
५४ वटा स्वर्ण पदकका लागि ७ सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने सचिवालय संयोजक रविन भट्टराईले जानकारी दिनुभयो ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कपर्दी (छात्र, छात्रा), एथलेटिक्स (ट्रयाक) (१०० देखि ३००० मिटर) दौड, रिले दौड, एथलेटिक्स (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटफुट प्रतियोगिता भइरहेका छन् ।

 

यस बर्षदेखि आधारभूत तह (कक्षा १—८) मात्र चलेका विद्यालयका विद्यार्थीहरुवीच दौड र सम्झना खेल सम्बन्धी प्रतियोगिता भइरहेको छ ।
भलिबलमा छात्रतर्फ १० र छात्रातर्फ छ वटा विद्यालय सहभागी रहेको पञ्चायत माविका खेल शिक्षक नरेशकुमार राईले बताउनुभयो ।
प्रतियोगितामा आधरभूत तहका ३४ र माध्यमिक तहका २३ गरी ५७ वटा विद्यालयहरु सहभागी भएको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।
५४ वटा स्वर्ण पदकका लागि ७ सय ७० विद्यार्थीले प्रतिष्पर्धा गर्ने सचिवालय संयोजक रविन भट्टराईले जानकारी दिनुभयो ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कपर्दी (छात्र, छात्रा), एथलेटिक्स (ट्रयाक) (१०० देखि ३००० मिटर) दौड, रिले दौड, एथलेटिक्स (फिल्ड)तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटफुट प्रतियोगिता हुनेछन् ।

 

भलिबलमा छात्रको चार, छात्राको एक खेल
उद्घाटनका दिन पुरुषतर्फको भलिवल प्रतियोगितामा भागीरथ माविलाई पराजित गर्दै पञ्चायत, सिंहबाहिनीलाई पराजित गर्दै रेडस्टार, अरुणोदयलाई पराजित गर्दै भूपू सैनिक, केबी मेमोरियललाई पराजित गर्दै जनता मावि दोस्रो चरणमा प्रवेश गरेको छ ।
त्यसैगरी, छात्रातर्फको एउटा खेलमा भूपू सैनिकलाई पराजित गर्दै रेडस्टार सेमी फाइनलमा प्रवेश गरेको छ । कपर्दी, दौड, कराते खेलको पहिलो चरणको केही खेलहरु सम्पन्न भएका छन् ।

 

आधारभूत तह खेलमा मार्चपासमा रेडस्टार प्रथम
उद्घाटन कार्यक्रममा मार्चपाससहित सहभागी भएका विद्यालयहरुवीच भएको प्रतिस्पर्धा रेडस्टार बोर्डिङ स्कुल प्रथम भएको छ । त्यसैगरी भूपू सैनिक दोस्रो, केबी मेमोरियल तेस्रो, जनता माविले सान्त्वना पुरस्कार जितेको छ । विजेता विद्यालयलाई प्रथमलाई ५ हजार, दोस्रो हुने विद्यालयलाई ३ हजार, तेस्रो र सान्त्वना २ र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

आधारभूत तहको सम्झना खेलमा एभरेष्ट बोर्डिङ स्कुलका नवीन पाण्डे प्रथम भएका छन् । वाल जागरण माविका अनुष्का चौधरी दोस्रो र जनकल्याण आधारभूत विद्यालयका भिस्मा राई तेस्रो भएको शिक्षक विवेक न्यौपानेले बताउनुभयो । विजेता विद्यालयलाई प्रथमलाई ५ हजार, दोस्रो हुने विद्यालयलाई ३ हजार, तेस्रो र सान्त्वना २ र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

 

आधारभूत तहको सम्झना खेलमा एभरेष्ट बोर्डिङ स्कुलका नवीन पाण्डे प्रथम हुनु भएको छ । वाल जागरण माविका अनुष्का चौधरी दोस्रो र जनकल्याण आधारभूत विद्यालयका भिस्मा राई तेस्रो भएको शिक्षक विवेक न्यौपानेले बताउनुभयो । बिहीबार प्रतियोगिताका फाइनल खेल हुनेछ ।
यसअघि विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको थियो । जसमा विभिन्न कक्षाका अतिरिक्त क्रियाकलापमा पुरस्कृतहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा