पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

विराटनगर,२८ चैत । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको छ । तालिकामा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै, २ खेल खेलेको विराटनगरको नेट रन रेटमा पछि पर्दै ४ अंका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन रहँदै तेस्रो र आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) पनि २ खेलमा पराजित हुँदै तालिकाको पुच्छरमा रहेको छ ।

 

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव ४ बलमा सबै विकेटको क्षतिमा ६३ मात्रै बनाउन सक्यो । सिरहाकी मिना महतोले १७ रन बनाउँदा निलम महतोले ११ रन बनाँउनु भयो । विराटनगरकी कप्तान सानु राजवंशीले ३ विकेट लिँदा, साम्रिका गौतमले र समीक्षा राईले २–२ विकेट तथा धनमति रायले १ विकेट लिइनु भयो।

 

६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । प्लेयर अफ म्याच विराटनगरकी कप्तानसानु राजवंशीले सर्वाधिक अविजित ३५ रनको योगदान गर्नु भयो। सिरहाकी स्वेता लामाले १ विकेट लिइनु भयो।

 

दोस्रो खेलमा राजविराज हवले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) लाई १ सय १९ रनले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लगातार २ खेलमा पराजित हुँदै एनसीएफ प्रतियोगिताबाट बाहिरिएको छ ।टस हारेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५० रनमा विशाल स्कोर बनाएको थियो । राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले सर्वाधिक अविजित ७२ रन बनाँउनु भयो । यादवले ६३ बलमा ५ चौका प्रहार गर्दै ७२ रन बनाउँदै प्रतियोगितामा पहिलो हाफ सेन्चुरी बनाउँन सफल हुनु भयो । एनसीएफकी अनिष थापाले १ विकेट लिँदा सञ्जिता खडका, टनुजा मगर, सञ्जु परियार र झरना घिमिरे १–१ विकेट लिइनु भयो।

१ सय ५१ रनको विशाल लक्ष्य पाएको एनसीएफले १९ दशमलव २ बल खेल्दै सवै विकेट गुमाई ३१ रन मात्र बनाउँन सक्यो । एनसीएफका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । राजविराजकी सचिता यादवले २ विकेट लिँदा सुस्मिता यादवले १ विकेट लिइनु भयो । बाँकी विकेट रन आउट भएको थियो । लिगको अन्तिम खेल आइतबार सिरहा र एनसीएफ–११ तथा दोस्रो खेल विराटनगर हव र राजविराज हव विच प्रतिस्पर्धा हुने छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक गोल्डकप गराउन वाणिज्य संघ तयार

दमक, ३ भदौ। दमकमा तीन वर्षदेखि दमक गोल्डकप फुटबल प्रतियोगिता हुन सकेको छैन। नेपालमै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताका रूपमा चिनिएको दमक गोल्डकप सञ्चालन हुन

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,