अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा

 

 

 

ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा आर्थिक अनियमितता गरेको आरोपमा चार कर्मचारी निलम्बनमा परेका छन्। आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनुका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष घनेन्द्र मादेनको अध्यक्षतामा बुधबार बसेको बैठकले पाँच दिनभित्र प्रतिवेदन तयार गर्न छानबिन समिति गठन गरेको हो।

सहायक प्रमूख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डा दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको छानबिन समिति गठन गरिएको हो। उक्त समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्म फार्मेसी सेवा बन्द हुने भएको छ।

चिकित्सकले बिरामीको पुर्जामा लेखिएको औषधिबाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको समितिले जनाएको छ। बिरामीसँग अतिरिक्त रकम असुली गरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने आशङ्का गरिएको छ। दोषी नठहरिएसम्म आरोपित मात्र भएकाले कर्मचारीको नाम भने समितिले खुलाएको छैन।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको