सिपले सिपालु

च्याउको अचार बनाएर आम्दानी गर्दै दमकका महिला

दमक/
दमक नगरपालिका वडा नं ९ की टिका भट्टराई यहाँ रहेको त्रिभेणी महिला समुहको नेतृत्व गर्नु हुन्छ । यो समुहमा १५ जना दिदि बहिनीहरु आवद्ध हुनुहुन्छ । उहाँहरु सबैले च्याउको अचार बनाउने तालिम लिनु भएको छ ।

२ वर्ष अघी लिइएको तालीमबाट आफुहरु अचार बनाउन जान्ने भएको भट्टराईले सुनाउनु भयो । यहि बेचेर यो समुहले पहिलो पटक ४ हजार ५ सय रुपैँया समुहमा बचत पनि गरिसक्यो । यसलाई निरन्र्ता दिदै च्याउको मात्र नभएर अन्य पदार्थको पनि अचार बनाएर बेच्ने हो भने मनग्गे आम्दानी गर्न सकिने अनुभव भएको उहाँले सुनाउनु भयो ।

महिलाहरुले सामान्य सिप मात्र सिक्न पाए भने पनि आम्दानी गर्न सिपालु हुन सक्छन् । दमक ९ का महिलाहरुले अचार बनाउने तालिम लिएका छन् । छुट्टा छुट्टै समुह बनाएर लिएको तालिम अहिले उनीहरुकालागि आय आर्जनको माद्यम बनेको छ ।

बजारबाट किलेमा किनेर ल्याएको च्याउलाई रेसा रेसा बनाएर किलाउने । केलाएको त्यो च्याउलाई कपाडामा पोका बनाएर तातो पानीमा बफ्याउने । बफ्याएर निकालेको च्याउलाई घाममा सुकाउने र सबै पानी तइरिएर सुख्खा भएपछि खाने तेल र अन्य मर मसला आवश्यक मात्रामा हालेर मोलेपछि च्याउँको अचार तयार हुन्छ ।

यसरी बनाएको अचारलाई साना खाले सिसाको बट्टामा प्याक गरेर बिक्रिका लागि तयार पारिन्छ । यो काम गर्न जान्दा कमाई हुन्छ । तर अचार बनाउँदा त्यहाँ मिश्रण हुने सामाग्रीको मात्रा मिसाउन जानीएन भने खर्चपनि धेरै आउँछ र अचारपनि स्वादिलो बन्दैन । यहि वडाकी पाथीभरा महिला समुहकी अध्यक्ष गीता अधिकारीको अनुभव यस्तै छ । त्यसैले उहाँ च्याउँको मात्रै होईन अन्य परिकारका अचार पनि बनाउने तालिम समुहका सबै महिलाले सिकेर काम थाल्ने हो भने मात्रै आर्थीक रुपमा प्रगती गर्न सकिने बताउनु हुन्छ ।

दमक ९ मा महिलाहरुको १० वटा समुह छ । यी समुहमा रहेका सबै महिलाहरुलाई कुनै न कुनै सिपमा जोडिएको छ । सिपमा जोड्ने काम यहाँ रहेको शान्ती सामुदायीक सिकाई केन्द्रले गरेको छ । केन्द्रका अध्यक्ष राजु तामाङ महिलालाई आत्मनिर्भर बनाउन घरमा गृहेणीमा मात्रै सिमित रहेका महिलाहरुले गर्न सक्ने गरिका अवसर खोज्ने र त्यो अवसरमा उहाहहरुलाई अवतद्धता गराउने काम गरिएको बताउनु हुन्छ ।

महिलाहरुलाई सिप सिकाएर सिपालु बनाउन यहाँ रहेको वडा कार्यालय र दमक नगरपालिकाले आर्थीक सहयोग गर्दै आएका छन् । यस्ता आर्थीक विकास सम्बन्धीका तालिमबाट महिलाहरु आन्तमनिर्भर बनीरहेका छन् । यसले घर परिवारमा पैसाको अभावमा कारण हुने हिंसा तथा विभेदको अन्त्य भएको पनि दावी गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ