सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । उर्लाबारी नगरपालिकाका कृषिशाखा प्रमुख अम्विका प्रसाद लुईटेलको अनुसार उर्लाबारीका विभिन्न वडाका ७ वटा प्लटमा करिब १ विघा ५ कट्ठा क्षेत्रफलमा लगाइएको ९७८८ जातको मकैले उत्साहजनक परिणाम दिएको छ । यो प्रविधि अनुसार धान काटिसके पछि खेतमा रहेका झारपातलाई नियन्त्रण गर्न विषादी छर्केर सिधै “डोभ बनाउने मेसिन” प्रयोग गरी बीउ र मल एकैपटक राखिन्छ । स्थानीय कृषक माधव रिजालले बिना जोताई गरिएको मकै हावाको वेग सहन सक्ने, झार कम आउने, नढल्ने र उत्पादन राम्रो हुने अनुभव सुनाउनुहुन्छ ।

 

जनज्योति कृषक समूहका अध्यक्ष पदम रिजालका अनुसार, नगरपालिकाले बीउ, मल र अन्य आवश्यक सामग्री उपलब्ध गरेको यो प्रयोगले कृषकलाई नयाँ प्रविधि बुझ्न र अपनाउन ठूलो मद्दत पुगेको छ । यसरी गरिएको मकै खेती अहिले पाक्ने अवस्थामा पुगेको छ र परम्परागत जोताई गरिएको खेतभन्दा अझ मजबुत र उत्पादनशील देखिएको कृषकहरूको अनुभव छ । त्यसैगरी चालु आर्थिक वर्षको मंसिर २८ गते उर्लाबारीका विभिन्न वडाका ७ वटा प्लटमा करिब १ विघा ५ कट्ठा क्षेत्रफलमा लगाइएको ९७८८ जातको मकैले उत्साहजनक परिणाम दिएको कृषिशाखा प्रमुख अम्बिका प्रसाद लुईटेल बताउनुहुन्छ ।

 

लुईटेल का अनुसार आगामी दिनमा यस प्रविधिप्रति कृषकहरूको रुचि अझ बढ्ने निश्चित छ । यस प्रविधिको मुख्य फाइदा भनेको जोताई खर्च घट्नु, माटोको उर्वराशक्ति जोगिनु, पानीको संरक्षण हुनु र कम समयमा खेती सम्भव हुनु हो । साथै माटोको सतह नखोतलिँदा त्यसको संरचना बिग्रँदैन र दीर्घकालीन रूपमा उत्पादन क्षमतामा सुधार आउँछ । तर यसको केही चुनौती पनि छन् । विशेष गरी झार नियन्त्रणका लागि विषादीमा निर्भर हुनुपर्ने, “डोभ बनाउने मेसिन” जस्ता विशेष उपकरण आवश्यक पर्ने, र सबै ठाउँमा समान रूपमा प्रभावकारी नहुनु यसका कमजोरी मानिन्छन् ।

उर्लाबारीका कृषकहरूका अनुसार, यो प्रविधि विस्तार गर्न सबैभन्दा ठूलो बाधा उपकरणको अभाव हो । डोभ बनाउने मेसिन व्यक्तिगत रूपमा किनेर प्रयोग गर्न आर्थिक रूपमा सम्भव नहुने भएकाले स्थानीय सरकारले नै यस्ता उपकरण उपलब्ध गराइदिए किसानहरूलाई ठूलो सहयोग पुग्ने उनीहरूको धारणा छ । समग्रमा, सुन्य खन जोत प्रविधिले उर्लाबारीका कृषकहरूमा नयाँ आशा जगाएको छ । लागत घटाउँदै उत्पादन बढाउने सम्भावनाले यसलाई भविष्यको दिगो खेती प्रणालीका रूपमा स्थापित गर्न सक्ने देखिएको छ । अब आवश्यक छ—प्रविधिको विस्तार, उपकरणमा पहुँच र किसानमैत्री नीति, जसले यस सफल प्रयोगलाई व्यापक रूपमा फैलाउन सकोस् ।

विश्व स्तरमा हेर्दा, “सुन्य खन जोत प्रविधि” १९६० को दशकतिर अमेरिकाबाट सुरु भएको मानिन्छ । पछि यो प्रविधि ब्राजिल, अर्जेन्टिना, भारत लगायतका देशहरूमा व्यापक रूपमा फैलिएको हो । माटो संरक्षण, उत्पादन लागत घटाउने र समय बचत गर्ने उद्देश्यले विकसित गरिएको यो प्रविधि अहिले दिगो कृषि प्रणालीको महत्वपूर्ण अंग मानिन्छ । नेपालमा भने करिब दुई दशकअघि अनुसन्धान र परीक्षणका रूपमा भित्रिएको यो प्रविधि पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा विस्तार हुँदै गएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको