ढोलको तालसँगै झ्याम्टाको घन्काइले उत्सवमय बन्यो दमक

दमक,२६ वैशाख।ढोलको तालसँगै झ्याम्टाको घन्काइ मिसिँदा दीपिनी आधारभूत विद्यालयको प्राङ्गण एकैछिनमा उत्सवमय बन्यो। रंगीन पहिरन र गहनामा सजिएका युवायुवतीको घेरामा सुरु भएको साकेला नृत्यले दमक–५ मा साकेला उभौलीको रौनक झल्काइरहेको थियो। शनिबार किरात राई यायोक्खा दमक–५ को आयोजनामा सम्पन्न कार्यक्रममा दमक–५ र दमक–९ समितिका युवाहरूले परम्परागत सिली नृत्य प्रस्तुत गरे, जहाँ ढोल, झ्याम्टा र च्याब्रुङको तालसँगै किराती संस्कृतिको जीवन्त झलक देखियो।

साकेला उभौली किरात समुदायको प्रकृतिसँग जोडिएको महत्वपूर्ण पर्व हो। उभौली अर्थात् उकालो लाग्ने समय, जब खेतीपाती सुरु हुन्छ। यस अवसरमा उभौली पूजा गर्दै प्रकृति, भूमि र पूर्वजप्रति कृतज्ञता व्यक्त गरिन्छ। साकेला नृत्यमा सहभागीले दौरा–सुरुवाल, फेटा, हाकुपटासी, मेखला, पछ्यौरा जस्ता पहिरन तथा सुन–चाँदीका परम्परागत गहना लगाउने चलन छ। सिली नृत्यका प्रत्येक चालले खेती, बाली, चराचुरुङ्गी र प्रकृतिसँगको सम्बन्ध रहेको हुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले साकेला उभौलीको शुभकामना दिँदै दमकमा बसोबास गर्ने २१ जाति समुदायबीच एकता मजबुत बनाउने यस्ता कार्यक्रमको प्रशंसा गर्नुभयो। “आफ्नो संस्कृति पुस्तान्तरण गर्दै संरक्षण गर्ने कार्य सराहनीय छ। दमक नगरपालिकाले यसको संवद्र्धनका लागि आवश्यक सहयोग गर्न तयार छ,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकै अवसरमा किरात समुदायकी महिला रोग विशेषज्ञ डा. सिता राईलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरियो। सम्मान ग्रहण गर्दै उहाँले यो उपलब्धि आफ्नो मात्र नभई परिवारको त्याग र संघर्षको परिणाम भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।
नृत्य, सम्मान र शुभकामनाबीच सम्पन्न कार्यक्रमले साकेला उभौलीलाई केवल पर्व मात्र नभई पहिचान, एकता र सांस्कृतिक गर्वको उत्सवका रूपमा प्रस्तुत गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा