दमक,३० वैशाख ।नाम योगेश धिमाल । घर दमक नगरपालिका वार्ड ३ । पदावी राष्ट्रिय फुटवल खेलाडी । राष्ट्रिय खेलाडीका यात्रा सुभारम्भ , महाविर क्लव(सिडिभिजन) त्यसपछि सामाजीक यूथ क्लव, नयाँ बस्ति यूथ क्लव हुदैराष्ट्रिय लिगमा प्लानीङवोइज यूनाइटेडबाट खोलेर देश तथा विदेशमा समेत भएका बिभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी भएर सफलता प्राप्त । खेलकुद मार्फत आफ्नो ठाउँको मान र सम्मान बढाउन योगदान गरेको भन्दै दमक नगरपालिका वार्ड ३ ले उहाँलाई नगद रकम सहित सम्मान गरेको छ ।
खेलकुदमा लाग्नेलाई राज्यले हेर्दैन , सहयोग गर्दैन , प्रोत्सहन गर्दैन भन्नेलाई सरकारको सबैभन्दा तल्लो तह, वार्ड सरकारले त्यो पनि ९९ हजार ९ सय ९९ सय रुपैँया अर्थात एक लाखमा एक रुपैँया मात्रै कमको रकम सहित सम्मान गरेको हो । उहाँको खेलयात्रालाई यो सम्माले अझ गन्तव्यमा पुग्न मद्यत पुगोस र खेलकुदबाट आफ्नो , आफ्नो ठाउँको नाम देश तथा विदेशमा राख्न प्रोत्साहन होस भन्दै यसखालको सम्मान गरिएको दमक नगरपालिका वार्ड ३ का वार्ड अध्यक्ष नबिन बरालले जानकारी दिनुभयो ।
उसो त यो सम्मान यत्तीकै प्राप्त भएको होईन । फूटवलको क्षेत्रमा निकै संघर्ष गरेपछि प्राप्त भएको एउटा उपलब्धीको रुपमा लिनु भएका छ सम्मानीत खेलाडी योगश धिमालले । धिमाल भन्नु हुन्छ यो मेरो एकल प्रयास मात्रै नभएर मेरा गुरु तथा खेलमा लाग्न सँधै प्रोत्साहन गरिरहनु हुने साथीहरुको समेत यसमा खास योगदान छ ।
धिमाललाई दोसल्ला सहित सम्मान पत्र अनी नगद सहित गत सोमबार वार्ड कार्यालयमा सम्मान गरीएको थियो । वार्ड खेलकुद विकास समितीको विषेश पहलमा यो सम्मान कार्यक्रम भएको थियो । यो कार्यक्रमले वार्ड सरकारको समेत नजरमा खेलाडीहरु पर्न सक्छन् र प्रोत्सहन स्वरुप यसखाले सम्मानका कार्यक्रम गर्न सकिने रहेछ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।









