दमक,२ जेठ ।सेतो गाउनमा सझीएको यो भीड । यो सेतो गाउन लगाउनेहरु सेफ अर्थात किचेनमा काम गर्नेहरुनै हुन । तर स्वदेशका मात्रै नभएर विदेशका पनि सेफहरु यहाँ आएका छन् । अर्थात दमकमा अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेफहरुको कुम्भमेलानै लागेको छ भन्दा पनि फरक पर्दैन ।
यो भीड जेठ १ र २ गते सम्म भएको राष्ट्रिय कुलिनरी कम्पोडीसन तथा फूड फेस्टीवलमा सहभागी हुन आउनेहरुको हो ।
पैतालीस वटा देशमा छरिएर रहेको नेपाली सेफलाई एउटै मालामा गास्ने उदेश्यले यो प्रतियोगीता आयोजना गरीएको थियो ।
अन्तराष्ट्रय सेफ सोसाइटीले आयोजना गरेको यो र्कायक्रम एक र्कायक्रम मात्र नभएर नेपाली पर्यटन पाक कला होटल व्यवस्थापन क्षेत्रको उज्वल भविष्य र्निमाण गर्ने उदेश्य हो। सामुहीक सोच,साझा सपना भविश्य प्रतिको प्रतिवद्धता हो। नेपाल प्राकृतिक सुन्दरताले विश्वभर परिचित छ त्यसै गरि नेपाली खाना,साँस्कृतिक पहिचान पनि एक हो। खाना पकाउने सिप मात्र नभएर एउटा र्सिजना सँस्कृतिको परिचय हो। एउटा सेफले आफनो मिहिनेत,अनुसासनले विश्व सामु देशलाई चिनाइ रहेको विश्वास गर्नु हुन्छ, अन्तराष्ट्रय सेफ सोसाइटीको केन्द्रीय माहासचीव दिपक कार्की।
नेपाली सेफहरु विश्व सामु आफनो देशको मान –सम्मान गौरव गराँउन सफल भएका छन्। शिक्षासँगै सिप पनि अगाडी बढाउन सकियो भने विश्वको कुनै पनि कुनामा पछि पर्नु पर्दैन।सेतो कोट सेतो टोपी लगाएको व्याक्तीलाई र्हेने दृष्टीकोणलाई परिर्वतन गर्नु पनि यो कार्यक्रमको उद्धेस्य रहेको सोसाईटिका अध्यक्ष अरुण अधिकारीले प्रतिकृया दिनुभयो ।
विश्वले चिनेको तर आफनै देशले नचिनेको पेशा सेफ हो। सेफ र होटल व्यावसायीको सम्बन्ध नङ्ग र मासुको जस्तै हुन्छ।कला सिप संसारभर प्रस्तुत गर्नु र्पछ। होटल व्यावसाय र सेफ सोसाइटी सहर्काय गर्दै अगाडी बढ्ने प्रतिबद्धता गर्नु हुन्छ,कोशी प्रदेश होटल व्यावसाय माहासङगका अध्यक्ष राजन दङगाल। विदेशमा रहेका हरेक होटलहरुको मेन्यूमा नेपाली खाना हुनु पर्नेमा उहाँको जोड छ ।
नेपाली सेफहरु देशमा केही गरौ भन्ने भावना जगाँउदै आफुलाई सक्षम बनाएर देशमा मात्र नभएर विदेशमा पनि नेपाललाई चिनाँउन निरन्तर अगाडी बढीरहेका छन्। सेफले गरेको कर्मले अब आँउने पुस्तालाई अगाडी बढन् सहयोग पुर्याउने छ। सेफहरु मौरी हो र मौरीले हजारौ फुलको रस चुर्से हजारौलाई उपचार गर्न पुग्ने मह उत्पादन गर्छ।त्यस्तै सेफ पनि मह उत्पादन गर्ने हो भन्दै यो प्रतियोगीता आफ्नै कलेजमा गर्न पाएकोमा समेत गौरान्वती हुदै आस्था कलेज ग्रुपका निर्देशक टेकनाथ भण्डारी आयोजकप्रति आभार व्यक्त गर्नुहुन्छ ।
पाककलाको क्षमता मात्रै नभएर यहाँ बिभिन्न खानाको स्टल समेत राखीएको थियो । कार्यक्रमलाई थप रौनकता दिन सस्कृतीक कार्यक्रम समेत गरीएको थियो । देश तथा विदेशमा रहेका सेफहरुको सहभागीताले नेपाली सेफहरुको भविष्यय देशभीत्र र बाहिर समेत प्रसस्तै रहेको स्पष्ट देखिन्थ्यो ।









