विदेशी नागरिक सिइओ बन्न सक्ने प्रावधानप्रति विरोध

विपक्षीको चर्को नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित

काठमाडौँ,९ जेठ । प्रतिनिधि सभामा विपक्षी दलहरूको तीव्र विरोध र चर्को नाराबाजीका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । गत बिहीबार अपराह्न संसद्बाट पारित भएको उक्त विधेयक प्रस्तुत गर्ने क्रममा सदनमा ठुलो तनाव सिर्जना भएको थियो ।

संसद् बैठकमा विपक्षी सांसदहरूले विधेयकको विरोधमा नाराबाजी गरिरहेका बेला सभामुख डिपी अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सभामुखको आसनभन्दा पछाडिको वैकल्पिक बाटोबाट रोष्ट्रमसम्म पुग्ने व्यवस्था मिलाउनु भएको थियो । विपक्षीहरूको निरन्तरको विरोध र नाराबाजीकै बीच अर्थमन्त्री वाग्लेले विधेयक प्रस्तुत गरेपछि सभामुख अर्यालले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्दै ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको घोषणा गर्नु भएको थियो ।

विदेशी नागरिक पनि सिइओ बन्न पाउने प्रावधानमा विवाद
विपक्षी दलहरूले यस विधेयकमा रहेका केही प्रावधानहरूलाई लिएर कडा आपत्ति जनाएका छन् । विशेष गरी विधेयकको दफा १९ को उपदफा (३) मा राखिएको व्यवस्थाप्रति प्रमुख विवाद देखिएको हो ।

उक्त उपदफामा भनिएको छ, ‘ऐन प्रारम्भ भएपछि पहिलोपटक बढीमा चार वर्षका लागि योग्यता पुगेको कुनै विदेशी नागरिक वा विदेशी मूलको स्थायी आवासीय अनुमतिपत्र (पीआर) प्राप्त व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्तिका लागि सिफारिस गर्न बाधा नपर्नेछ ।’

‘राष्ट्रिय हितविपरीत’ भएको विपक्षीको आरोप
संवेदनशील आर्थिक तथा वित्तीय क्षेत्रको नियमन र परिचालन गर्ने संस्थाको सर्वोच्च नेतृत्व (सिइओ) मा विदेशी नागरिक वा विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त व्यक्तिलाई नियुक्त गर्न बाटो खुला गरिनु देशको राष्ट्रिय हितविपरीत भएको दाबी विपक्षी सांसदहरूको छ । मुलुकको आर्थिक संवेदनशीलता र आन्तरिक वित्तीय सुरक्षाका दृष्टिकोणले यस्तो व्यवस्था घातक हुन सक्ने भन्दै विपक्षीहरूले सदनमा चर्को विरोध जनाएका हुन् ।

विपक्षीको नाराबाजी र बहिस्कारका बीच सरकारले भने विधेयकलाई बहुमतका आधारमा पारित गराएको छ । यो ऐन कार्यान्वयनमा आएसँगै अब वैकल्पिक वित्त परिचालन गर्ने निकायमा पहिलोपटकका लागि विदेशी विज्ञ वा पीआरधारी व्यक्तिले ४ वर्षका लागि नेतृत्व सम्हाल्ने कानुनी बाटो खुलेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आत्मदाहका समाचार सम्प्रेषण गर्दा डब्लुएचओको मिडिया गाइडलाइन पालना गर्न आवश्यक 

  काठमाडौं । पछिल्लो समय देशमा आत्मदाहका घटना बढ्न थालेका छन् । पछिल्लो सात दिनयता देशका विभिन्न स्थानमा आत्मदाहका चारवटा घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य,

इलाम चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ

इलाम ,३१ असार । इलामको चुलाचुली गाउँपालिकाका एक इन्जिनियर ६ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले