चीनको शान्सी प्रान्तमा ग्यास सिलिन्डर विस्फोट, कम्तीमा ८२ जनाको मृत्यु

चीनको उत्तरी शान्सी प्रान्तस्थित एक कोइलाखानीमा ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा कामदार अझै भूमिगत रूपमा थुनिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार चाङझाउ सहरको लिउसेनयु कोइला खानीमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा २४७ जना कामदार खानीभित्र रहेको बताइएको छ ।

सुरुमा सिन्ह्वाले शनिबार बिहान आठजनाको मृत्यु भएको र ३८ जना भूमिगत रूपमा थुनिएको जनाएको थियो । पछि मृतकको संख्या बढेर ८२ पुगेको रिपोर्ट सार्वजनिक गरिएको हो ।सिन्ह्वाका अनुसार विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ । उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएका कामदारहरूको उद्धारका लागि हरसम्भव प्रयास गर्न, दुर्घटनाको कारणबारे गम्भीर अनुसन्धान गर्न तथा दोषीहरूलाई जवाफदेही बनाउन निर्देशन दिएका छन् । शान्सी प्रान्त चीनको प्रमुख कोइला उत्पादन क्षेत्रका रूपमा चिनिन्छ ।

ग्रीसभन्दा ठूलो क्षेत्रफल र करिब तीन करोड ४० लाख जनसंख्या रहेको यस प्रान्तका लाखौँ खानी मजदुरहरूले गत वर्ष एक अर्ब ३० करोड टन अर्थात् करिब १।१७ अर्ब मेट्रिक टन कोइला उत्खनन् गरेका थिए । यो चीनको कुल कोइला उत्पादनको झन्डै एक तिहाइ हिस्सा रहेको बताइएको छ । एनपीआर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय