झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ ।

विभिन्न स्थानमा घरका छाना उड्नुका साथै विद्युत पोल ढल्दा सडक अवरुद्ध भएका छन् । यद्यपि घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालले सञ्चालन गरेको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । हावाहुरीका कारण फार्ममा रहेका २५ वटा ब्रोइलर कुखुरा मरेका छन् । घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
हल्दिबारी गाउँपालिका–२ मा तीन परिवारका घरको छाना उड्दा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चरण बास्के, फुलकुमारी केरुङ र सुदला राजवंशीका घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यस्तै गौरादह नगरपालिका–६ मा श्यामलाल बैसरा र हुकुम सिंह राईका घरको छाना उड्दा क्रमशः ७० हजार र ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आरतीनगरका मानबहादुर पराजुलीको भान्सा घरमा समेत क्षति पुगेको छ । भान्साघरको छाना उडेर धान र मकै भिज्दा करिब ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

हल्दिबारी गाउँपालिका–५ मा पूर्णमाया पनेरु चापागाईंको घरको टिनको छाना उड्दा २० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैबीच गौरादह नगरपालिका–८ बैराती टोलमा चट्याङ पर्दा इन्द्रमणि प्रसाईका दुई वटा घरमा आगलागी भएको छ । आगलागीबाट टेलिभिजन, फ्रिज, सोलार, विद्युत मिटर, पंखा लगायतका सामग्री जलेर करिब एक लाख ३६ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका–१० मा गुणराज थापाले सञ्चालन गरेको गरिमा इँट्टा भट्टाको भवनको छाना समेत हावाहुरीले उखेलेर पल्टाएको छ ।
बिर्तामोडका विभिन्न स्थानमा बिजुलीका पोल ढल्दा सडक अवरुद्ध भएका छन् । बिर्तामोड–३ मा रुख ढलेर एक घरमा आंशिक क्षति पुगेको छ भने स्थानीयले रुख काटेर सडक खुलाएका छन् ।

बाह्रदशी गाउँपालिका–५ मा पृथ्वीलाल राजवंशीको घरको छाना पूर्ण रूपमा उड्दा करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
मेचीनगर–१५ मा रहेको जय माँ कामाक्ष इण्डष्ट्रिज प्रालिको गोदामको छाना उड्दा तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यस्तै मेचीनगर–८ मा सूर्यदय कम्पनीको पार्किङ भवनको छाना उडेर दुई वटा बसको अगाडिको सिसा फुटेको छ ।
प्रहरीका अनुसार सबै प्रभावित क्षेत्रमा स्थानीय तह, प्रहरी र सरोकारवाला निकायले क्षतिको थप विवरण संकलन तथा आवश्यक सहयोगको काम अघि बढाइरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन