स्कुलले घरसम्म पुर्‍याउने जिम्मा लिन्छ कि ज्यान खोस्ने ?

झापा ,१४ जेठ। झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको कथित लापरबाहीले ४ वर्षीय बालकको ज्यान गएको दर्दनाक घटना सार्वजनिक भएको छ । बुधबार साँझ करिब ५ बजे सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले आफ्नै विद्यालयमा अध्ययनरत बालक आरोग्य चिमरियालाई घरमा ओराल्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुने बालक गौरादह–७ निवासी खड्ग चिमरियाका ४ वर्षीय छोरा आरोग्य चिमरिया हुन् । एउटा अभिभावकले उज्यालो भविष्यको सपना देखेर स्कुल पठाएको छोरा, घरको ढोकामै स्कुल बसको चपेटामा परेर सधैंका लागि बिदा भएपछि परिवार शोकमा डुबेको छ ।

प्रहरीका अनुसार बालकलाई बसबाट ओराल्ने क्रममा सावधानी नअपनाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनापछि बस र चालक गौरादह–७ निवासी ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ । शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

काठमाडौं ,१८ असोज। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट

गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको