लोकतन्त्रलाई भीडतन्त्रका रूपमा स्वीकार गर्न नसकिने कांग्रेसको भनाई

काठमाडौं ,१४ जेठ। नेपाली कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ २३–२४ को आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको कांग्रेसले पहिलेदेखि नै बताउँदै आएको उल्लेख गरिएको छ । मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत उक्त प्रतिवेदनलाई अपर्याप्त देखाएको कांग्रेसको भनाइ छ ।

विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि समेत दोष देखाउँदै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको भन्दै कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको दाबी गरिएको छ । साथै आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको कांग्रेसको शंका थप बलियो भएको उल्लेख गरिएको छ ।

कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई महत्वपूर्ण भनेको छ । त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड भएको आयोगको प्रतिवेदनले देखाएको कांग्रेसले जनाएको छ ।

विज्ञप्तिमा हिंसात्मक गतिविधिमा संलग्न भएको आशंकामा राज्यका जिम्मेवार व्यक्ति तथा सांसदमाथि समेत थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने आयोगको निष्कर्षलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरिएको छ ।

कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा निर्दोष नागरिकको ज्यान लिने कार्यमा संलग्न जोसुकैमाथि राजनीतिक संरक्षणबिना कानुनी कारबाही हुनुपर्ने माग गरेको छ ।

 

त्यस्तै, राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि आयोगले मानव अधिकार उल्लंघन भनेको उल्लेख गर्दै दोषीमाथि संवैधानिक तथा कानुनी दायराभित्र रहेर कारबाही हुनुपर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले आयोगका सिफारिस सरकारका लागि बन्धनकारी हुने नजिर स्थापित गरिसकेको भन्दै आयोगका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमार्फत कांग्रेसले सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेको छ । जसअनुसार आयोगको सिफारिसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने, भदौ २३–२४ मा भएका हिंसात्मक घटनामा संलग्न सांसद, व्यक्ति वा निकायमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, अत्यधिक बल प्रयोगबाट ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई न्याय, राहत र पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने माग पनि कांग्रेसले गरेको छ । निजी क्षेत्रमा भएको क्षतिको उचित क्षतिपूर्ति दिन तथा सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्नुपर्ने कांग्रेसको धारणा छ ।

कांग्रेसले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै यस सम्बन्धमा सरकारले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने पनि माग गरेको छ ।
कांग्रेसले लोकतन्त्रलाई भीडतन्त्रका रूपमा स्वीकार गर्न नसकिने उल्लेख गर्दै राज्यबाट हुने क्रूरता र अराजक हिंसा दुवै अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वास्थ्य सेवामा ठूलो संख्यामा कर्मचारी भर्नाको बाटो खुल्यो

काठमाडौं,१४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्री चुप हुनुमा कांग्रेसको आपक्ति

काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा

धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन : जनक परियार

काठमाडौं ,१४ जेठ। दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताउनु भएको छ । बिहिवार

नेपालमा स्थानीय तहको न्यायिक समिति : संवैधानिक व्यवस्था, कानूनी क्षेत्राधिकार र कार्यविधि

नेपालको संविधानले राज्यको संरचनालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक स्वरूपमा पुनर्संरचना गर्दै राज्यशक्तिको प्रयोग सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने व्यवस्था गरेको छ। सङ्घीयताको मूल मर्म नागरिकलाई

महानगरको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र रोजगारी : चिरिबाबु महर्जन

काठमाडौं,१४ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताउनु भएको छ । बिहीबार ललितपुरमा आयोजित अङ्गदाता