महानगरको मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र रोजगारी : चिरिबाबु महर्जन

काठमाडौं,१४ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य, शिक्षा र रोजगारीलाई अब महानगरको मुख्य प्राथमिकता बनाइने बताउनु भएको छ ।

बिहीबार ललितपुरमा आयोजित अङ्गदाता सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले ललितपुर महानगरपालिकाले पूर्वाधार, सम्पदा संरक्षण र हरियाली प्रवद्र्धनमा उल्लेखनीय काम सम्पन्न गरिसकेको उल्लेख गर्नुभयो।

उहाँले किष्ट अस्पतालसँग आफ्नो सम्बन्ध वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी बिरामी भएको समयदेखि नै घनिष्ठ बन्दै गएको स्मरण गर्नुभयो। उहाँले आफू चिकित्सा क्षेत्रको व्यक्ति नभएकाले स्वास्थ्यसम्बन्धी प्राविधिक विषयमा धेरै बोल्न नसक्ने बताउनु भयो।

महर्जनले आफू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै अब बाँकी रहेका कामलाई पूर्णता दिने लक्ष्यसहित अघि बढिरहेको बताउनु भयो।
‘नेपालको संविधानअनुसार मेयर दुई पटक मात्रै निर्वाचित हुन पाउने व्यवस्था छ, त्यसैले यो मेरो अन्तिम कार्यकाल हो,’ उहाँले भन्न्ु भयो।
उहाँले ललितपुर महानगरभित्रका २९ वडामध्ये खोकना, हरिसिद्धि, बुङ्गमती र धापाखेल क्षेत्रमा अझै केही पूर्वाधार विकास गर्न बाँकी रहेको बताउनु भयो। ती क्षेत्रलाई पुरानो उपमहानगर क्षेत्रसरहको स्तरमा पुर्याउन महानगरले तीव्र रूपमा काम गरिरहेको उहाँको भनाइ थियो।

महर्जनले पाटन दरबार क्षेत्रदेखि बुङ्गमती र खोकनासम्मका मठमन्दिर, शिवालय र देवालयको पुनर्निर्माण तथा संरक्षणको काम लगभग सम्पन्न भइसकेको बताउनु भयो। ‘अब सम्पदा क्षेत्रमा ठूलो बजेट आवश्यक छैन, त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान केन्द्रित गरिरहेका छौँ,’ उहाँले भन्नु भयो।
उहाँले स्वास्थ्य क्षेत्रमा महानगरले लगानी बढाउँदै आएको र आगामी दिनमा अझ स्तर अभिवृद्धि गरिने बताउनु भयो। किष्ट मेडिकल कलेजसँग सहकार्यका सम्भावित क्षेत्र पहिचान गरेर संयुक्त रूपमा काम गर्न आफू तयार रहेको उहाँले स्पष्ट पार्नु भयो।

महर्जनले ललितपुर महानगरलाई सफा, हराभरा र व्यवस्थित सहर बनाउने अभियानलाई निरन्तरता दिइएको बताउनु भयो। महानगरभित्र खाली स्थानलाई हरियालीमा रूपान्तरण गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले यसले नागरिकको औसत आयु वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो।

उहाँले महानगर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट विस्तारको काम तीव्र रूपमा भइरहेको जानकारी दिनु भयो। चक्रपथ क्षेत्रमा करिब ७ दशमलव ९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडानको काम भइरहेको उल्लेख गर्दै केही महिनाभित्र रातिको समयमा ललितपुर झिलिमिली उज्यालो सहरका रूपमा देखिने दाबी समेत गर्नुभयो।

उहाँले अङ्गदान गर्ने व्यक्तिहरूलाई धन्यवाद दिँदै अङ्गदानलाई अर्काको जीवन बचाउने सबैभन्दा ठूलो पुण्यको काम भएको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन