लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो : प्रचण्ड

काठमाडौं,१५ जेठ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको बताउनु भयो ।

गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएको छ।

उहाँले भन्न्ुा भयो, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि हो।’

उहाँले संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको उल्लेख गर्नु भएको छ।

प्रचण्डले भन्नु भयो, ‘संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता हो। जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो।’

उहाँले ‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो’ भन्दै समावेशी तथा पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राख्नु भयो। साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनु भयो।

प्रचण्डले राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भयो। उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नु भयो, ‘हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो।’

परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुनुपर्ने आह्वान गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० वर्षीया बालिका अपहरण ,जंगलमा लुकाएर राखेको आरोपमा युवक पक्राउ

रुपन्देही,१८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा

प्रगति युवा क्लब दमकको अध्यक्षमा सुजन बजगाई

दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। साधारण सभाले बद्री

चाडपर्वमा स्वीकृतभन्दा बढी हवाई भाडा लिए १५ लाखसम्म जरिवाना

काठमाडौं ,१८ असोज। चाडपर्व, विपद् वा आपत्कालीन अवस्थाको मौका छोपेर यात्रुसँग स्वीकृतभन्दा बढी हवाई भाडा लिने वायुसेवा कम्पनीलाई १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव

मनसुन बाहिरिने क्रम सुरू ,दमकमा ३५.६ मिलिमिटर वर्षा मापन

मनसुन बाहिरिने क्रम सुरू,पछिल्लो १२ घन्टामा झापाको शनिश्चरेमा ६८.६ मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा मापन पूर्वी नेपालमा भारी वर्षा भएको छ। पछिल्लो १२ घन्टामा झापाको

सुरक्षा र व्यवस्थापनका लागि २०० स्वयंसेवक परिचालन

काठमाडौं ,१८ असोज। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको