काठमाडौं,१५ जेठ । काठमाडौं–तराई–मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । उक्त राजमार्गमा ५.४ किलोमिटर सुरुङ समेत बन्ने भएको हो । उक्त आयोजनका लागि सरकारले १७ अर्ब ६४ करोड बजेट छुट्टयाएको छ । यसैगरी सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ६७० मेगावाट जलविद्युत् र ३७० मेगावाट सौर्य आयोजनाबाट गरी एक हजार ४० मेगावाट उत्पादनको लक्ष्य राखेको जानकारी दिनु भयो ।

स्वास्थ्य बजेटप्रति आयातकर्ताको मिश्रित प्रतिक्रिया
बीमा भुक्तानी र सरकारी उद्योग प्रोत्साहनमा असन्तुष्टि







